बैतडी प्रहरीद्धारा बेवारिसे बालिकाको उद्धार

परिवारको पहिचान हुन सकेन

बैतडी । प्रहरीले प्रहरीले मानसिक सन्तुलन नभएकी एक बेवारिसे बालिकाको उद्धार गरेको छ । महाकाली राजमार्गअन्तर्गत खोचलेक बजार नजिकैबाट प्रहरीले उनको उद्धार गरेको हो ।

प्रहरीका अनुसार मानसिक सन्तुलन गुमाएकी गीता भट्ट नाम बताउने अन्दाजी १५ वर्षीया बालिकाको उद्धार गरिएको हो । च्यातिएको कपडा लगाइएको र आप्mनो नाम ठेगानासमेत एकिन बताइनन् ।

उनी गरिएकी बाकिका बैतडीको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटबाट मंगलबार एक बेवारिसे बालिकाको उद्धार गरेको छ । खोचलेक प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले भेट्टिएकी बालिकाको मानसिक सन्तुलन ठीक नभएको बताएका छन ।

प्रहरीका अनुसार उद्धार गरिएकी बालिकाले कुनै बेला घर महेन्द्रनगर त कुनै बेला दार्चुला बताउने गरेकी छन । उनी नाम सोध्दा हास्ने मात्र गर्दछिन ।

उद्धार गरिएकी बालिकालाई अहिले महिला तथा बालबालिका कार्यालय बैतडीको सेफ हाउस, पाटनमा राखिएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।

बेवारिसे भेट्टिएकी बालिकाको सुरक्षाका लागि सेफ हाउसमा राखेको र उनका घरपरिवार सम्पर्कमा आएपछि घरपरिवारको जिम्मा लगाउने तयारी गरिएको प्रहरीले बताएको छ ।