धनुषाका सामुदायिक विद्यालय आजदेखि बन्द गरिने

चिसोले जनजीवन प्रभावित

जनकपुर । प्रतिकूल मौसमका कारण धनुषा जिल्लाका सामुदायिक विद्यालय आजदेखि बन्द गर्ने निर्णय भएको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार अधिक चिसोका कारण सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको हो ।

कार्यालयको वार्षिक शैक्षिक कार्यक्रम अनुरूप जाडो बिदा पुस २४ गतेदेखि माघ ५ गतेसम्म हुनेभएकोमा अधिक चिसोका कारण शैक्षिक कार्यक्रम पूर्व नै बिदा दिनुपरेको जिल्ला शिक्षा अधिकारी यमबहादुर खड्काले बताए ।

सार्वजनिक विद्यालय पुस १९ गतेदेखि माघ १ गतेसम्मका लागि बन्द गरिएको बताइएको छ ।