महोत्तरीमा जोडोले कठ्याङ्ग्रिएर एकको मृत्यु

शीतलहर र हुस्सुका कारण बालीनालीमा समेत प्रभाव

गौशाला । महोत्तरीमा जोडोले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ । जोडोका कारण महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी पासवानको मृत्यु भएको हो ।

जोडोले कठ्याङ्ग्रिएर सुधोदेवी पासवानका मृत्यु भएको निजका दाजु श्यामले बताएका छन । अविरल चिसो हावा र शीतलहर चलिरहेका बेला सोमबार साँझसम्म आफ्नै माटाको घरको लिपपोत गरेर घर नजिकैको पोखरीमा नुहाउन गएकी उनी नुहाएर घर फर्किंदा कठ्याङ्ग्रिएकी थिइन् ।

पन्ध्र १६ दिनदेखि महोत्तरीमा मौसम परिवर्तन भएसँगै चिसो हावा, शीतलहर, बाक्लो हुस्सुका कारण अत्यधिक जाडो भई यहाँका मानिस, पशुपक्षी र बालीनालीसहित सम्पूर्ण वातावरण प्रभावित भएको छ । रासस