बैद्य माओवादीद्धारा पेट्रोलियम पदार्थमा गरिएको मूल्य बृद्धीको विरोध

पुरानै मूल्य कायम गर्न माग

काठमाडौं । नेपाल आयल निगमले आजदेखि लागु हुने गरी पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धीको मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले विरोध गरेको छ ।

क्रान्तिकारी माओवादी निकटको देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मूल्य बृद्धीकोे विरोध गरेको हो ।

मोर्चाका केन्द्रीय अध्यक्ष सी.पी गजुरेलद्धारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा डिजेल, पेट्रोल, खाना पकाउने ग्याँस, लगायतका पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेर सरकारले जनताको दैनिक जीवनलाई कष्टकर बनाउने काम गरिरहेको भन्दै विरोध जनाइएको छ ।

उक्त विज्ञप्ति मार्फत बैद्य माओवादीले बढाइएको मूल्य अबिलम्ब खारेज गर्न सरकारसँग आग्रह गरेको छ ।

विज्ञप्तिमा भनिएको छ–‘हामी यसको घोर विरोध एवं भत्र्सना गर्दछौं । यसका साथै बढाइएको मूल्य तत्काल खारेज गरी पुरानै मुल्य कायम गर्न सरकार सँग जोडदार माग गर्दछौं ।’

हेर्नुहोस, विज्ञप्तिको पूर्ण पाठ यस्तो छ–

देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
                           केन्द्रीय आयोजक समिति                                 

                                                                                           मितिः२०७४०९२८

                                        विषयः प्रेस विज्ञप्ति

सरकारले पटक–पटक डिजेल, पेट्रोल, खाना पकाउने ग्याँसको मुल्य बृद्धि गरेर जनताको दैनिक जीवनलाई नराम्रो सँग प्रभावित पार्ने र कष्टकर बनाउने काम गरिरहेको छ । गए राती १२ः०० बजे देखि लागु गरिएको पेट्रोलियम पदार्थमा थप मुल्य बृद्धिले जनताको दैनिकीलाई झन कष्टकर बनाएको छ । हामी यसको घोर विरोध एवं भत्र्सना गर्दछौं । यसका साथै बढाइएको मूल्य तत्काल खारेज गरी पुरानै मुल्य कायम गर्न सरकार सँग जोडदार माग गर्दछौं ।

                                                                                   सी.पी. गजुरेल
                                                                                       अध्यक्ष