झापामा सामाजिक संघसंस्थाद्धारा विपन्नलाई न्यानो वितरण गरेर नयाँ बर्ष मनाए

चिसो बढ्योः विपन्न बस्तीहरु प्रभावित

झापा। चिसो बढेपछि झापामा सक्रिय विभिन्न संघसंस्थाहरुद्धारा विपन्न वर्गका मानिसहरुलाई न्यानो कपडाहरु वितरण गरिएको छ ।

वितरक संस्थाका अनुसार सामाजिक काम गरेर नयाँ बर्ष मनाउने योजना अनुसार ‘जाडोमा न्यानो’ कार्यक्रम गरिएको हो ।

काठमाडौँको असनमा मुख्य कार्यालय रहेको साइ बचत तथा ऋण सहकारी संस्था र स्वर्णिम सहारा परिवारको संयुक्त पहलमा उक्त कार्यक्रम गरिएको हो । संस्थाले कठ्यांग्रिँदो पुसको जाडोमा विपन्नलाई न्यानो कपडा वितरण गरेको छ ।

सामाजिक कार्य गरेर नयाँ वर्ष मनाउने योजना अनुरुप जाडोमा न्यानो सामग्री वितरण गरिएको स्वर्णिम सहाराकी अध्यक्ष प्रिन्सेस एञ्जलले बताए।

विभिन्न संस्थाहरुले विद्यालय र विपन्न बस्तीमै गएर न्यायो कपडा बाड्ने काम गरेका छन। पछिल्लो समयमा विभिन्न व्यक्तिगत तथा संस्थाहरुले झापामा यस्ता कायहरु गर्दै आएका छन । उनीहरुले स्वीटर, कम्बल, मोजा, टोपीलगायतका सामग्री प्रदान गरेका छन ।

त्यसका साथै उनीहरुले जन्मदिन, विवाह, आफन्तको स्मृतिको अवसरमा विपन्न बस्ती, वृद्धाश्रम, विद्यालयमा गएर सहयोग दिने गरेका छन । त्यसै क्रममा झापाको हल्दिबारी–४ जलथलमा सोमबार विपन्न तथा लोपोन्मुख सन्थाल समुदायका १२० परिवारलाई न्यानो कपडा वितरण गरिएको छ ।

संस्थाका अनुसार गत तिहारमा सामुहिक देउसी खेलेर संकलित रकममा थप सहयोग जुटाएर रु तीन लाख ५० हजार मूल्य बराबरको सामग्री वितरण गरिएको थियो ।