पेट्रोलियम पदार्थको मूल्यवृद्धिः उपभोक्ताहरु मर्कामा

ग्याँसमा २५, पेट्रोल, डिजल र मट्टितेलमा एक रुपैंया बृद्धी

काठमाडौँ  । नेपाल आयल निगमले आजदेखि इन्धनको मूल्य बढाउने निर्णय गरेको छ । भारतीय आयल निगमले आजबाट इन्धनको मूल्य बढाउँदै नयाँ सूचि बुझाएको कारण जनाउदै निगमले मूल्य बढाएको हो ।

नेपाल आयल निगम सञ्चालक समितिको बैठकले नयाँ मूल्यसूची मंगलबार राति १२ बजेपछिबाट लागू हुने निर्णय गरेको छ । निगमका अनुसार पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य पहिलेको भन्दा केही बढेको छ ।

पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर रु एक÷एक मूल्यवृद्धि गरिएको छ भने खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ र हवाइ इन्धन आन्तरिकतर्फ प्रतिलिटर रु ३ बढाइएको निगमले जनाएको छ ।

नयाँ मूल्यअनुसार पेट्रोल प्रति लिटर रु १०२, डिजेल र मट्टितेल प्रति लिटर रु ७९÷७९, खाना पकाउने ग्यास प्रति सिलिण्डर रु एक हजार ३ सय ७५ तथा हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु ९० कायम तोकिएको छ ।

पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास जस्ता अत्यावश्यक पदार्थको मूल्य बृद्धीको खबरले उपभोक्ताहरु भने बेखुशी भएका छन । मूल्य बृद्धीले सामान्य आर्थीक अवस्थाका परिवारलाई सास्ती दिएको छ ।