तीव्र गतिका कारण मोटरसाइकल दुर्घटनाः एकको मृत्यु

मृतक ठकुरी बाग्लुङ निवासी भएका खुलासा

काठमाडौं । आज बिहान ४ बजे काठमाडौंको लैनचौरमा बा ९० प १४०० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार तीव्र गतिमा चलाएको मोटरसाइकल अनियन्त्रित हुँदा दुर्घटना भएको हो ।

मोटरसाइकल अनियन्त्रित भई सडकको पेटिमा ठक्कर खाएपछि मोटरसाइकल चालक साजन ठकुरीको मृत्यु भएको हो। मृतक ठकुरी बाग्लुङ निवासी भएको र हाल बोहराटारमा अस्थायी रुपमा बस्ने गरेको प्रहरीबाट खुल्न आएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ठकुरीलाई बिहान ५ः१५ बजे नै उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याइएको भएपनि उनलाई बचाउन नसकेको अस्पतालको भनाई रहेको छ ।