मजदूरको मासिक ज्याला पन्द्र हजार हुनुपर्छः प्रधानमन्त्री देउवा

स्वदेशमै रोजगारीका अवसर सिर्जना गनुपर्नेमा जोड

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मजदूरको न्युनतम मासिक ज्याला पन्द्र हजार रुपैंया हुनुपर्ने बताएका छन ।

आज राजधानीमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्धारा आयोजित चौथो राष्ट्रिय ट्रेड युनियन सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले त्यस्तो बताएका हुन।

सम्मेलनलाई सम्बोधन गर्ने क्रममा उनले भने–‘अहिले सरकारले तोकेको मजदूरको न्यूनतम ज्याला नौ हजार सात सय रुपैंया धेरै कम हो । यो आम्दानीबाट मजदूरले उसको सानो परिवार पाल्न समेत गाह्रो भएको छ । ज्याला १५ हजारसम्म तोक्नुपर्छ, त्यसका लागि म पहल गर्छु ।’

उनले तीन सरकार स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ भन्नेमा रहेको र त्यस विषयलाई प्राथमिकतामा राखेको बताउदै आफुले मजदूरका विषयमा पहल गर्ने विश्वास व्यक्त गरें ।

उक्त कार्यक्रमा बोल्दै बिभिन्न मजदूर संगठनका नेताहरुले श्रम आयोगको गठन हुनुपर्ने, न्यूनतम ज्याला बढाइनुपर्ने लगायत माग पुरा गर्नका लागि सरकारलाई दवाव दिनुपर्ने धारणा राखेका थिए ।

विभिन्न दश वटा राजनीतिक पार्टी निकटका ट्रेड युनियनको साझा संगठनका रुपमा १० वर्षअघि मजदूरका विषयमा एउटै धारणा र साझा आवाज बनाई सरकारलाई दबाब दिने उद्देश्यले संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको स्थापना गरिएको गरिएको आयोजकले बताएको छ।

‘स्थिरता र समृद्धिका लागि सुदृढ ट्रेड युनियन आन्दोलन’ भन्ने मुल नारासहित शुरु भएको सम्मेलनमा देशभरबाट विभिन्न मजदूर संगठनका प्रतिनिधि सहभागी छन् ।