दोलखाका वीरबहादुरको मलेसियामा सुतेको अवस्थामा मृत्युः मृत्युको कारण अझै खुलेन

परिवाजन शोकाकुल अवस्थामा

मलेसिया । मलेशियाको केलाङमा रहेको एकोनसेभ लोजिस्टिक कम्पनीमा कार्यरत दोलखा भुसाफेदा गाउपालिका साबिकका वीर बहादुर श्रेष्ठको मृत्यु भएको छ ।

उनका सहकर्मिका अनुसार यहि २९ तारिक बेलुकाखाना खाएर सँगै कामगर्ने साथिहरुसँग कुराकानी गरेर सुत्न गएका उनी बिहान मृत अवस्थामा बिस्तारमा भेटिएका थिए ।

रोजगारीका लागि ६ बर्ष अघि मलेसिया पुगेका श्रेष्ठको डीसेम्बर ३० तारिकमा सुतेकै अबस्थामा मृत्यु भएको हो ।ु मृत्युको कारण अझै खुल्न नसकेको बताइएको छ ।

उनको मृत्यु भएको खबर पाएपछि प्रहरीले शवको पोष्टमार्टमका लागि अस्पताल लगेको बताइएको छ । उनको परिवारमा एक छोरी र श्रीमती मात्रै रहेका छन ।

कमाउन गएका श्रेष्ठको मृत्युले परिवारजनलाई पिडा दिएको छ । उनको असामयिक निधन भयपछी परिवारजनहरु निकै चिन्तामा रहेका छन । उनको शव समेत कहिले नेपाल पुग्छ थाहा नभएको उनका सहकर्मिहरुको भनाइ रहेको छ ।

श्रेष्ठ काठमाडौको सुन्धारामा रहेको कालिका म्यानपावर प्रालि बाट २०११ मा वैदेशिक रोजगारीको लागि मलेसिया गएका थिए । उनी मलेसियाको केलाङ सहरमा काम गर्दै थिए ।