दुई जना सम्पर्कविहीनः अझै पत्ता लगेन कहाँ गए ?

खोजीका लागि सबैसँग परिवारजनको आग्रह

नवलपरासी । नवलपरासीका पूर्वक्षेत्र बर्दघाट सुस्ताबाट दुई जना व्यक्ति केहिदिन अघिदेखि सम्पर्कविहीन भएका छन ।

नवलपरासीको कावासोती नगरपालिका– १० चिलाहा निवासी ४४ वर्षीय लोकबहादुर खोजबार विगत १८ दिनदेखि र बुङ्गीकाली गाउँपालिका– ३ रकुवा थोत्रेनी निवासी २५ वर्षीय तेजबहादुर सुनार चार दिनदेखि सम्पर्कविहीन भएका हुन ।

हराएका खोजबार जंगल जान भनी गत मंसिर २७ गते हिँडेको र अझैसम्म घर नफर्किएको उनककी श्रीमती जयमती खोजबारले बताएकी छन ।

उनले घर छिमेक इष्टमित्र सबैकहाँ खोजतलास गर्दासमेत फेला नपारेपछि प्रहरी, प्रशासन, नागरिक समाज मानवअधिकारकर्मी तथा सञ्चारमाध्यमलाई खोजीका लागि सहयोग गरिदिन आग्रह गरेकी छन् ।

यसैगरी कावासोती बजारबाट पोखराको पृथ्वीचोकको लागि निस्किएका तेजबहादुर सुनार गत पुस १२ गतेबाट सम्पर्कविहीन भएको उनका दाजु सन्तोष सुनारको भनाइ छ ।

सुनार हालसम्म परिवार आफन्त कसैको पनि सम्पर्कमा नआएको उनको भन्दै उनले आफ्नो भाईको खोजतलास गरिदिन सबैसँग आग्रह गरेका छन ।