आठ भिडियोमा हेर्नुहोस्, यस बर्षको तमु ल्होसार

जनजातिलाई अधिकार नदिए आन्दोलन गर्ने चेतावनी

काठमाडौं । राजधानी काठमाडौंको टुडिखेल स्थित चौरमा हिजो तमु समाजको आयोजनामा वृहद कार्यक्रमको आयोजना गरिएको थियो । देशका विभिन्न स्थानमा छरिएर रहेका तमु समुदायका मानिसहरुले हिजो नयाँ बर्षको आरम्भ भएको दिनका अवसरमा विविध कार्यक्रम गरी पर्व मनाएका हुन ।

तमु समुदायका नेताहरुले कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा जनजातिको हक, अधिकारको लडाई पुरा नभएको भन्दै अधिकार नदिए कडा आन्दोलन गर्नुपर्ने भन्दै सरकारलाई चेतावनी समेत दिएका थिए ।

टुडिखेलमा आयोजित तमु ल्होसारको कार्यक्रमको औपचारीक उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । उक्त कार्यक्रमा देशका विभिन्न स्थानमा घर मएपनि काम विशेषले वा अस्थायी रुपले काठमाडौंमा रहेका तमुहरुले आफ्नो पहिचान झल्कने तस्बिर, नारा, सामाग्रीहरु सहितको ब्यानर र नाच ल्याएर बाक्लो सख्यामा उपस्थिति जनाएका थिए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, संघ संस्थाका प्रतिनिधिहरु समेर उपस्थित रहेका थिए । कार्यक्रम हेर्नका लागि दर्शकहरुको समेत भिड लागेको थियो । बाँकी हेर्नुहोस् हरपल नेपालले तयार पारेका यि भिडियोहरु ।