प्रधानमन्त्रीले जनादेश प्राप्त सरकार गठनमा सहयोग गर्नुपर्छः माओवादी नेता श्रेष्ठ (भिडियोसहित)

मुलुक आर्थिक संवृद्धी र सामाजिक न्यायको चरणमा प्रवेश

काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजि श्रेष्ठ प्रकाशले मुलुकले अहिले जनादेश प्राप्त स्थायी सरकारको माग गरिरहेको भन्दैे सरकार गठनमा प्रधानमन्त्री र उनको पार्टी नेपाली कांग्रेसले सकारात्मक भुमिका खेल्नुपर्ने बताएका छन ।

तमु समाजले राजधानीको टुडीखेलमा आज आयोजना गरेको ल्होसार पर्वको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै नेता श्रेष्ठले त्यस्तो बताएका हुन ।

उनले तीन तहको निर्वाचन सफतापूर्वक सम्पन्न भएको र अब मुलुक नयाँ अवस्थामा प्रवेश गर्न लागेको बताउदैँ नयाँ नेपाल बनाउने अभियानमा प्रतिपक्षमा रहने पार्टी, नागरिक समाज, विभिन्न संघ संस्था, निकायहरु र जनसमुदायको विशेष सहयोग चाहिने बताए ।

उनले मुलुक आर्थिक संवृद्धी र सामाजिक न्याय सहित विकासको चरणमा हिड्न लागेको बेला जनादेश प्राप्त स्थायी सरकारको आवश्यकता हुने दावी गरे ।

उनले सरकार निर्माण गर्ने क्रमा राजनीतिक पार्टीहरुबीच देखिएका असमहतिहरु अन्त्य गर्ने प्रकृयामा दलहरु जुटिरहेको । अब छिट्टै नयाँ सरकार गठनको दिशामा मुलुक जाने विश्वास समेत व्यक्त गरे ।

उनले भने–‘हामी नेपालको इतिहासमा पहिलो पटक निर्वाचित स्थायी सरकार दिन गैरहेका छौं । अब बन्ने सरकारले मुलुकको सम्पूर्ण सम्भावना बोकेर सबै पार्टीहरुबीच सहमति गर्दै मुलुकलाई सवृद्धीतर्फ डोर्याउने जिम्मेवारी पुरा गर्नुपर्छ ।’

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई सरकर गठनको मार्गप्रसस्त गर्न आग्रह गर्दै भने–‘म संम्माननिय प्रधानमन्त्रीलाई अनुरोध गर्न चाहन्छु, जनादेश प्राप्त सरकार गठनको लागि तपाईको पार्टी र सरकारको तर्फबाट मार्ग प्रसस्त गरेर सहयोग गर्नुहोस् । यसबाट नै मुलुक संवृद्धीतर्फ जान्छ ।’

उनले तमु ल्होसारको अवसरमा सबै क्षेत्रका तमु समुदायलाई शुभकामना व्यक्त गरें । उनले जनजाति, महिला, पिछडा वर्ग लगायत सबैको अधिकार प्राप्तिको लागि गरिने सबै प्रकारको संघर्षमा आफ्नो पार्टीको एक्यवद्धता रहने विश्वास दिलाए ।

उनले भने–‘अहिलेको संविधानलाई परिमार्जन, संशोधन र विकास गर्दै लैजाने हाम्रो सोच रहेको छ, हामी सबैका अधिकारहरु संविधानमा लेखिनुपर्छ भन्नेमा छौ, यस विषयमा हाम्रो पार्टीको तर्फबाट दृढ प्रतिबद्धता व्यक्त गर्दछु ।’

उक्त कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, विभिन्न संघं संस्थाका प्रतिनिधि लगायत तमु समुदायको बाक्लो उपस्थिति रहेको थियो ।