नवनिर्वाचित प्रदेशसभा सदस्य सम्मानित

विकासका लागि निरन्तर लागिरहने प्रतिबद्धता

तेह्रथुम । नेकपा एमालेबाट तेह्रथुमको प्रदेशसभा (ख) सदस्यमा निर्वाचित तेजमान कन्दङवालाई उप्रेती सेवा समाज आठराईले हिजो एक कार्यक्रमबीच सम्मानपत्र, दोसल्ला र अबीर–मालाले सम्मान गरेको छ ।

कार्यक्रममा उप्रेती समाजका ९७ वर्षीय लक्ष्मीप्रसाद उप्रेतीलगायतका ज्येष्ठ नागरिकलाई पनि सम्मान गरेको उप्रेती सेवा समाजका सदस्य दीपकराज उप्रेतीले जानकारी दिए ।

सो अवसरमा सम्मानित व्यक्तित्व कन्दङवाले तेह्रथुमको विकासका लागि निरन्तर लागिरहने बताए ।

समाजका अध्यक्ष कृष्णप्रसाद उप्रेतीको सभापतत्वमा कार्यक्रम सम्पन्न भएको थियो । रासस