चोटको असर नकटेपछि, हेर्नुहोस्, गजल सुवासको यस्तो छ…..

जीवन सफर कटेनः याद घटेन

गजलकार बद्री सुबास

थियो मनमा पुरानो कहर कटेन
तिम्ले दिएको चोटको असर कटेन ।

भौतारिदै हिड्दा मायाबर बनेर
कट्यो आफ्नै जीवन सफर कटेन ।

मन मुस्तिस्कमा सधैँ गढी बस्यो
लजाउदै हेर्ने तिम्रो नजर कटेन ।

बदलियो जगत, बदलियो दुनिया
तर मैले भोग्ने दुखको खबर कटेन ।।

थियो मनमा पुरानो कहर कटेन
तिम्ले दिएको चोटको असर कटेन ।

(बर्दियाका गजलकार बद्धि सुवास निरन्तर साहित्यिक यात्रामा छन । उनले गजल साहित्य सिर्जना मार्फत समाजीक योगदान गरेका छन । केही गजलहरु प्रकाशनको तयारीमा समेत रहेको उनी बताउँछन ।)