बाजुरा पूर्ण खोप जिल्ला घोषणाः निरन्तरता दिन जरुरी

प्राकृतिक स्रोतको पहिचानमा जोड

बाजुरा । नवनिर्वाचित प्रतिनिधिसहितको एक कार्यक्रमबीच बाजुरालाई सरकारको योजना अनुसार पूर्ण खोप जिल्ला घोषणा गरिएको छ ।

उक्त कार्यक्रममा एमालेका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले त्यस्तो घोषणा गरेका हुन ।

प्रतिनिधिसभाका सदस्यमा नवनिर्वाचित थापाले पूर्ण खोप जिल्ला घोषणा गर्दै बाजुरालाई समृद्ध बनाउनका लागि प्राकृतिक स्रोतको पहिचान गरिर्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा स्वास्थ्य विभागका महानिर्देशक डा. राजेन्द्रप्रसाद पोखरेलको पनि उपस्थिति रहेको थियो । महानिर्देशक डा. पोखरेलले जिल्लालाई पूर्ण खोप घोषणा गरेर मात्र नहुने भन्दै त्यसलाई निरन्तरता दिन जरुरी रहेको बताए ।

उनले बाजुरा जिल्ला देशकै ३२ औँ तथा ७ नं प्रदेशको आठौँ पूर्ण खोप जिल्लाका रुपमा भएको भन्दै उक्त घोषणाबाट सबैलाई खुशी बनाएको तर्क गरे ।