विदेशबाट आयो प्रचण्डलाई पूर्व जनमुक्ति सेनाको यस्तो प्रश्नः ‘एमालेमा माओवादी विलय हो वा एकता ?’

क्रान्तिको सपना पुरा गर्नः क्रान्तिकारी ध्रुबिकरण आवश्यक

कम्रेड प्रचण्डः लाल सलाम।                                                                                  मितिः २०७४-०९-१४
सर्व प्रथम पीडित बनाइएका हामी पूर्व जनमुक्ती सेनाका युवाहरुको विदेशी मुलुकबाट धेरै सम्झना अनि जनयुद्धको लाममा लगाएर सवहारा वर्गिय मुक्तिको चेतना बढाइ दिनुभएकोमा धेरै धेरै धन्यवाद, बधाई भन्न चाहन्छु ।

कम्रेड, हामीले लडेको बहादुरी अनि शहिदले दिएको रगतलाई तपाईले लागिराखेको छ । हिजो जुन सत्ता, जुन संसदीय व्यवस्था र जुन दक्षिणपन्थी र दलला भ्रष्ट राजनीतिक दल अनि नेताको रुपमा तपाईले हामीलाई प्रशिक्षण दिनुभो, रटाउनु भो, त्यो तपाईले सिंहदरबार पुगेर बिर्सनु भएछ, त्यसैले दलाल व्यवस्थाका नाइकेहरुसँग मितेरी लाउँनु भो, अहिले वाम हो कि खाम हो, त्यो एकता पनि गर्दै हुनुहुन्छ अरे । त्यो सुनेपछि मनमा निकै ठूलो हलचल भयो र केही कुरा लेख्न मन लाग्यो । तसर्थ जनप्रिय पत्रिका हरपल नेपाल डटकम मार्फत बोल्न खोज्दै छु । कुनै शब्द वा भावले तपाईहरुलाई दुख्ख लागेमा पहिले नै माफि माग्छु ।

कम्रेड, तपाईले रगत र बलीदानीको त्यो सपना र लक्ष्यलाई बिर्सेर ओलीको झोली बोक्ने हिम्मत गर्नु भएछ, त्यसमा तपाईलाई महान नेता, बहादुर र आदर्स पात्र भन्न मैले सकिन । मलाई लाग्छ तपाईको केही दशकदेखि सोचाईमा परिवर्तन आएको छ । तपाई बिल्कुल बदलिनु भएको छ, यसमा कुनै संन्देह छैन ।

मलाई तपाईहरुले भनेको त्यो बाम एकतासँग कुनै आशा छैन र त्यसले गरीब बस्तीमा कुनै प्रभाव पनि पार्ने छैन, मात्र सत्ताँको बाग्रेनीङ गर्ने बलियो आधार बनाउने छ र तपाईहरुलाई सत्ताको मालिक र जनतालाई त्यसले दास बनाउने छ भन्ने लाग्छ । वास्तवमा म एकताको विरोधी विल्कुल होइन । कम्रेड मैले नेपालमा अपुरो क्रान्ति पुरा गर्ने क्रान्तिकारी कम्युनिस्टहरुबीचको वास्तविक एकता हुनु पर्छ र गरिनुपर्छ भन्न चाहेको छु । त्यस्तो अपवित्र एकता गरेर तपाई हिजो टाउकाको मुल्य तोक्नेहरुको संगतमा लागेर क्रान्तिकारी शक्तिको टाउँकोको मूल्य तोक्ने लिस्ट बनाउदै बस्ने हो वा हिजोको सपना पुरा गर्न क्रान्तिकारी बाटोमा हिड्ने हो, त्यो आफै निर्धा।ण गर्नुहोस । कम्रेड तपाई प्रति यो देशका धेरै गरीब जनाताले ठूलो आशा गरेका छन, तपाईले त्यसलाई बिर्सनु हुदैन । अझै पनि हामीले तपाईबाट राम्रै आशा गरेका छौ, निरासा नगराएको भए राम्रो हुथ्यो भन्ने चाहना पनि छ ।

कम्रेड तपाईंले खड्गप्रसाद ओलीलाई यानकी केपि ओलिलाई कम्युनिस्ट बनाउनुहोस्है, यदि सक्नु भएन भने कम्युनिस्ट नकाब लाएको शक्तिले तपाईलाई पनि पुरै बदल्ने निश्चित छ । यो नबिर्सनु होला कम्रेड, १० वर्षीय सशस्त्र जनयुद्ध गणतन्त्रको लागि गरिएको हो । यो कुरा तपाई खड्गप्रसाद ओली ज्यूको मुखबाट भन्न लगाउनुहोस, के सक्नु हुन्छ रु अर्को कुरा जनयुद्ध व्यवस्था परिवर्तनको लागिभनेर उनलाई पहिले स्किार गर्न लगाउनुहोस अनि एकता वा जे गरेपनि होला । हैन भने १० वर्षीय जनयुद्ध भुल थियो भनेर तपाईं आफैले भन्दिनुहोस त्यसपछि तपाईसँग हामी पूर्व जनमुक्ति सेनाको कुनै गुनासो हुनेछैन ।

१७००० शहीदको बलिदान राजतन्त्रको अन्त्यको लागी र समुन्नत नेपाल निर्माणको लागि भएको थियो भनेर खड्गप्रसाद ओलीलाई भन्न लगाउन तपाई सक्नु हुन्छ रु यदि सक्नु हुन्छ भने, सत्र हजार शहीदको बलिदान माओवादीलाई एमाले बनाउनको लागी र केही मान्छेले कमाउनको लागि भएको हो रु यो प्रश्न अहिले धेरैको मनमा उठेको होला, मलाई लाग्छ स्वयम् तपाईमा पनि त्यो प्रश्न हुनुपछृ, तर फरक यति हो तपाई मनमा लुकाउदै बिर्सन खोज्दै हुनुहुन्छ भने हामी तपाईलाई बिउझाउने कोसिस गर्दैछौ।

कम्रेड, सत्य तितो र तिखो हुन्छ तर सत्य नै हुन्छ । तसर्थ खिया लागेको संसदीय व्यवस्था पुर्ण रुपमा नेपालमा असफल भैसक्यो अव जनताको व्यवस्था ल्याउने अभियानमा खड्गप्रसाद ओलीलाई हिडाउनुस्, त्यो यात्राले मात्र वाम एकतातिर पुर्याउछ । स्वयम आफुलाई र कार्यकर्तालाई अनि जनतालाई अब झुक्याउन छाडीदिनुस् । सक्नु हुन्छ भने यि सबै कुराहरु सार्वजनिक रुपमा केपी ओली जीलाई बोल्न लगाउनुहोस्, अनि मात्र त्यो एकता हुन्छ, नभए तपाईहरु जे सुकै भन्नुस्, त्यो बाम एकताको नाममा माओवादी केन्द्रलाई एमालेमा विलय गराउने काम नै हुनेछ ।

कम्रेड जनताको नेता हो तपाई, तपाईसँग धेरैका धेरै खालका आशाहरु छन, त्यसलाई यो पत्र मार्फत ताजा गराउने कोसिश गरें । पत्रमा केही तपाईलाई र अरु कसैलाई मन नपर्ने वा मानहानि हुने खालका शब्द भएको भएमा माफिसहित बिदा चाहन्छु ।

                                                                                                                                     दिप किरण क्षेत्री
                                                                                              पुर्व जनमुक्ति सेना-हाल वैदेशिक रोजगारीमा