पार्टी एकीकरणको गृहकार्य छिट्टै सुरु हुन्छ, कुनै समस्या छैनः केपी ओली

सरकार गठनबारे छलफल

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी र माओवादी केन्द्रको बीचमा पार्टी एकीकरण प्रकृयामा कुनै समस्या नभएको बताएका छन ।

प्रदेशसभामा समानुपातिक संसदहरुको अन्तिम नामावली सार्वननिक गर्ने क्रममा बोल्दै एमाले अध्यक्ष ओलीले त्यस्तो बताएका हुन । उनले सञ्चारमाध्यममा आएका विषयमा सत्यता नरहेको तर्क गर्दै एकताका लागि दुई अध्यक्षबीच निरन्तर सम्पर्क भइरहेको र एकताको गृहकार्य तत्काल सुरु गर्ने कुरा भएको बताए ।

हिजो पार्टीको स्थायी कमिटी बैठकमा बोल्दे अध्यक्ष ओलीले वाम गठबन्धनमा आबद्ध दुई दलको पार्टी एकीकरणका विषयमा कुनै समस्या नरहेको र नहुने भन्दै सकारात्म रुपमा कुराकानी अगाडी बढेको दावी गरे ।

स्थायी कमिटी बैठकमा भएका छलफलका विषयमा एमाले नेता सुवासचन्द्र नेम्वाङले हरपलसँग कुरा गर्दै भने– ‘सरकार गठनका विषयमा समेत दुवै नेताबीच सकारात्मक छलफल भइरहेको छ ।’

बैठकले पार्टी एकता, सरकार गठन, जिम्मेवारी बाँडफाँड लगायतका विषयमा छलफ गरेको एमालेले बताएको छ । उक्त बैठकले प्रतिनिधिसभातर्फको समानुपातिक परिणाम अविलम्ब सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग समेत गरेको छ ।

बैठकले उम्मेदवारको नाम प्रमाणीकरण गर्ने तथा राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्ने प्रयोजनका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अख्तियारी दिने निर्णय समेत गरेको बताइएको छ । एमालेले ७५ जना प्रदेशसभा संसदको नाम हिजोनै सार्वजनिक गरिसकेको छ ।