बाढीले सीमा स्तम्भ बगे

बर्दिया । बर्दियाको बबई नदीले कटान गर्दा दशगजामा रहेका पाँचवटा सहायक सीमास्तम्भ बगेका छन् । बाढीले मुख्य सीमास्तम्भ ५८ को गुलरिया नगरपालिका–१० मस्जदियास्थित सहायक स्तम्भ बगाएको हो । वर्षेनी स्तम्भ बगिरहँदा सीमा पनि मिचिएको स्थानीयवासीले गुनासो गरेको हुन ।

०५१ सालको बाढीले ५८ नम्बर सीमास्तम्भ बगाएको थियो । पॉच वर्षअघि मस्जदीयामा रहेको ६७०र८ नम्बरको सहायक स्तम्भ बगाएको स्थानीय प्रशासनले जनाएको छ ।

स्थानीय सुवेदार यादवले नदीले स्तम्भ बगाएपछि सीमा छुट्याउन समस्या भएको बताए । एक साताअघिको बाढीले कटानसँगै थप स्तम्भ पनि बगाएको छ ।

स्थानीय प्रशासन र प्रहरी टोलीले बुधबार सीमास्तम्भ बगेको क्षेत्र लटकनियाको अनुगमन गरे । टोलीमा प्रजिअ विष्णुबहादुर थापा, प्रहरी उपरिक्षक भरतबहादुर बोहोरालगायत सहभागी थिए ।

प्रजिअ थापाले सीमास्तम्भ बगाएको ठाउ‘ निरीक्षण गरि प्रतिवेदन बुझाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई निर्देशन दिइएको बताए ।

गुलरिया–१० मस्जदीयाका लक्ष्मण मल्लाह दुई ठूला र तीन साना सीमा स्तम्भ बगिसकेको बताउँछन् । बाढीपछि नदीले यस क्षेत्रमा खेतीयोग्य जमिन बगाउदै आएको छ ।

रत्नापुरका सुवेदार यादवले एक साताको अबधिमा करिब पचास विघा जग्गा कटान भइसकेको जानकारी दिए । कटान गर्ने क्रम जारी छ, उनले भने–‘ठूलो बर्षा भए लटकनिया गाउ‘ नै बगाउने जोखिम छ ।’

२०४०भदौ मा आएको भिषण बाढीले नदीको धार परिवर्तन गर्नुका साथै सिमा स्तम्भ नम्बर ८७ र ८८ बगाएको थियो ।

हालसम्म बगाएका सिमा स्तम्भको खोजी वा पुनस्निर्माणका लागि सरकारले पहल नगरेको स्थानीयको गुनासो छ ।

बर्दियासँग ८० किमि भारतीय सीमा जोडिएको छ । यहाँका ४७, ४९, ५८, ६५, ८१, ८७ र ८८ मूख्य सीमा स्तम्भ मर्मत र पुनस्निर्माण नभएको सशस्त्र प्रहरी सीमा सुरक्षा बलले जनाएको छ ।

बढैयाताल गाउ‘पालिकास्थित जमुनीको सीमा क्षेत्रदेखि राजापुर नगरपालिकासम्म ४१ देखि ९८ नम्बरसम्मका स्तम्भ छन् ।

सीमा स्तम्भ मर्मत र पुनः निर्माणमा सरकारले चासो नदेखाएका कारण नेपाली भूमि मिचिदै गएको स्थानीयको बुझाई छ । प्रजिअ थापाले बगेका र अन्य सीस्तम्भको अभिलेख राखेर केन्द्रमा पठाइएको बताए । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।