मोरङमा एक बालकको पोखरीमा डुबेर मृत्यु

मोरङ । जहदा गाउँपालिका–६ पोखरियामा आज अपराह्न पोखरीमा डुबेर चारवर्षीय बालकको मृत्यु भएको छ ।

स्थानीयवासी बुद्धिनाथ मण्डलका छोरा शुभम घर नजिकै रहेको पोखरीमा डुबेर मृतवस्थामा भेटिएकोे इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको हो।