कालिकोटको जिससमा माओवादी केन्द्र विजयी

एमाले ५ मतान्तरले पराजय

कालिकोट । कालिकोट जिल्लाको जिल्ला समन्वय समितिमा नेकपा (माओवादी केन्द्रको समूह विजय भएको छ ।
बिहिबार भएको मतदानमा जिससको प्रमुख पदका उम्मेदवार अनिपाल शाहिले ११ मत ल्याई विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका प्रेमबहादुर शाहीले ६ मत प्राप्त गरी पराजय भएको मुख्य निर्वाचन अधिकृत केशवराज पाण्डेले बताए ।

त्यसैगरी उपप्रमुखमा लक्ष्मी विष्ट (नेपाली) विजयी भएका छन् भने सदस्यमा अनन्त विश्वकर्मा, ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर शाही, पान्का दमाई, कमला जैसी र वृख शाही विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ