बाल विवाह रोक्न, सबै नेपाली जुट्नुपर्नेमा जोड (भिडियोसहित)

सभ्य समाज निर्माणमा सबैलाई सहयोग गर्न आग्रह

LOADING...

काठमाडौं । नेपाली जुटौं बाल विवाह रोकौं’ भन्ने नारा सहित वल्ड भिजन र सामुदायिक रेडियो प्रसारक संघ नेपालद्धारा बाल विवाह अन्त्यको निम्ति प्रारम्भ गरिएको अभियानको आज राष्ट्रपति विद्यादेवि भण्डारीले उद्घाटन गरेकी छन ।

राजधानीको होटल रेडिसनमा आयोजित उक्त कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा, महिला बालबालिका तथा समाज कल्याण मन्त्री आशा कोइराला, कानुन मन्त्री यज्ञ बहादुर थापा लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले बाल विबाह सामाजिक अपराध भएको र त्यसलाई राज्य र सबै निकायहरुले निरुत्साहित गर्न सघाउँनु पर्नेमा जोड दिएका थिए । राष्ट्रपति भण्डारीले कानुनी रुपमा भएका बेब्वस्थाहरुको कार्यान्वयनमा जोड दिइन ।

LOADING...

कार्यक्रममा बोल्दै महिला, बालबालिका मन्त्री कोइरालाले बाल विबाह र अन्य कुरितिहरुको अन्त्य नगर्दा सामाजिक अपराधका घटनाहरु बढिरहेको औल्याउदै त्यसमा सबै क्षेत्रको सहयोग सरकारलाई चाहिने बताइन ।

त्यसैगरी कानुन मन्त्री थापाले महिला, बालबालिका र बिबाह सम्बन्धी कानुनहरु जति निर्माण भएका छन त्यसको कार्यान्वय र आवश्यक पर्ने कानुनको निर्माण गर्दै सामानिजक बिकृतीहरुको अत्य गर्न सबै क्षेत्रबाट सहयोग गर्न आग्रह समेत गरें ।

युनिसेफको एक तथ्याङ्क अनुसार संसारमै दक्षिण एसियामा बाल विवाहको दर सबैभन्दा उच्च छ र यहाँ हरेका दूई मध्ये एक बालिकाको १८ वर्ष अगावै विवाह हुन्छ । तथ्याङ्कको अनुसार एसियामा बाल विवाह गर्नेमा बंग्लादेश र भारतपछि नेपाल तेश्रो ठूलो मुलुकका रुपमा देखिएको छ ।

LOADING...

बाल विवाह नेपालले भाग्नु परेको कटु यथार्थ हो जसले बालबालिका र महिलाको भविष्य र सम्बृद्धिलाई नकारात्मक रुपमा असर गर्दछ । यो अभियानले दिगो विकासका लक्ष्यहरु खासगरी दिगो विकास लक्ष्या नं. ५.३ र १६.२ ले निर्दिष्ट गरेको लक्ष्य पूरा गर्न सरकारलाई सहयोग गर्नेछ ।

कार्यक्रममा पत्रकार, नागरिक समाज, बुद्धिजिवि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहको थियो ।

LOADING...