प्रधानमन्त्री देउवाको भदौ पहिलो साता भारतको राजकीय भ्रमणः एजेन्डा तयारीमा ढिलाई

यसअघि भएका सम्झौता कार्यान्वयनको विषयमा छलफल गर्ने

काठमाडौं । भारतको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शेरबहादुर देउवा चौथो पटक भारतको राजकीय भ्रमणमा जाने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवा पाँच दिने भ्रमणका क्रममा यसअघि भएका सम्झौताहरुको कार्यान्वयनमा भारतीय पक्षसँग कुरागर्ने विषयमा केन्द्रीत हुने बताइएको छ ।

प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार देउवा आउँदो भदौं ७ गते भ्रमण टोलीको नेतृत्व गर्दै भारत प्रस्थान गर्ने भएका छन । प्रधानमन्त्रीको भ्रमणको दिन नजिकिदै गरेको भएपनि उनको भ्रमणका एजेन्डाहरु भने अझँ प्रष्ट हुन सकेका छैनन ।

प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणको तयारीमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री कार्यालयले समयमै एजेन्डा तयार गनुपर्नेमा जोड दिएको छ । ‘अहिलेसम्म भ्रमणको कुनै पनि एजेण्डाको स्पष्ट खाका उपलब्ध भएको छैन, कर्मचारीको कार्यशैलीका कारण प्रधानमन्त्री ज्यूलाई आन्तरिक तयारीमा पनि समस्या भएको छ ।’– प्रधानमन्त्री कार्यालयका एक कर्मचारिले हरपल नेपालसँग बताए ।

प्रधानमन्त्री देउवाले यसअघि भारतसँग भएका सहमती, सम्झौता कार्यान्वयन हुन नसकेको भन्दै त्यसमा भारतीय पक्षको ध्यानाकर्ष गराउने विषयलाई एजेन्डामा समेटीने बताउँदै आएका छन । उनले आजसम्म भएका सहमतीको कायान्वयनको समिक्षा गर्दै त्यसको प्रगति विवरण माग गर्नुपर्ने र कार्यान्वयनको लागि छलफल गर्न आवश्यक रहेको बताउँदै आएका छन ।

परराष्ट्रले प्रधानमन्त्रीको भ्रमणबारे विविध कामको बेस्तताका कारण बैठक बोलाएर छलफल गर्न ढिलाई गरेको भएपनि अहिले भने तिव्रता दिएको बताइएको छ । ‘एजेन्डाके विषयमा भ्रमणको समयमा मात्र कुरा उठ्ने हुनाले समस्या भएको र अघिल्ला प्रधानमन्त्रीले भारत भ्रमण गरेको धेरै समय नभएकाले हाललाई त्यस्तो कुनै नयाँ एजेण्डा नरहने’– उपप्रधानमन्त्री कृष्णबहादुर महराले भनेका छन । उनले भ्रमणका क्रममा पुरानै सहमतीका बुखाहरुमाथि नै छलफल हुने बताएका छन ।

प्रधानमन्त्रीको भ्रमणको चार दिनअघि नै (बिहीबार, २६ साउनमा) भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदै छिन् त्यो भेटका क्रममा समेत यो विषयमा सामान्य छलफल हुने बताइएको छ ।

देउवाले प्रधानमन्त्रीका हैसियतमा ०५२ माघ २८ देखि फागुन ५ सम्मको भारतको पहिलो औपचारिक भ्रमण गरेका थिए । त्यस्तै २०५८ चैत्र ७–११ मा दोश्रो र २०६१ भदौं २३–२७ मा तेश्रो पटक भारतको भ्रमण गरेका थिए ।

यस्तो हुनेछन प्रधानमन्त्रीके भ्रमणका एजेन्डाका केही महत्वपूर्ण बुँदा

–अर्थ, उर्जा, सिंचाई, भौतिक पुन निर्माण तथा यातायात, योजना आयोग, पुर्ननिर्माण लगाएतका क्षेत्रको विकासबारे सहमतीको विषयमा दलफल हुने ।

–हाउजिङमा १० अर्व, पुरातात्विक क्षेत्रको पुनर्निर्माणमा ५ अर्ब, स्वास्थ्यमा ५ अर्ब, र शिक्षामा ५ अर्वको सहयोग गर्ने बारे प्रस्तावित सम्झौतामा छलफल हुने र छुट्टाछुट्टै हस्ताक्षर हुने।
–भारतले यसअघि भुकम्पपछिको पुनर्निर्माणमा दिने भनेको एक खर्व रुपैयाँ अनुदानको विषयमा पनि छलफल हुने ।
–अन्य सहुलियत ऋणको विषयमा छलफल हुने ।
–पंचेश्वर, महाकालीमा पुल, प्रहरी एकेडेमी, जलविद्युत अनुदान, रेलमार्ग, जेएसडीको समस्या, पीटीएको समस्या लगायतका विषयलाई अन्तिम रुप दिने ।
–अन्य आपसी हित र चासोका विषयमा पनि छलफल हुने ।