पोखराको माछापुच्छ्रेमा पहिरोः ११ घर पुरिए

पानिको बहाव तिब्र रुपमा बढदै गएकाले उद्धार गर्न असहज

पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान पाथेगाउँमा गएराति करिब ९ बजेतिर गाउँमाथि रहेको माटोको डिस्को खसेर पहिरो जाँदा त्यहाँ अवस्थित १३ घरमध्ये ११ वटा घरहरुमा क्षति हुनपुगेको छ ।

उक्त पहिरोले घर पुरिएर विस्थापति भएका देवीलाल लामिछाने, दिननाथ पौडेल, नरबहादुर विश्वकर्मा, काजी विश्वकर्मा, जंगबहादुर विश्वकर्मा, गंगाबहादुर विश्वकर्मा, धनकाजी विश्वकर्मा, हिमलाल भुषाल, गंगा आचार्य, चन्द्रबहादुर परियार, प्रविण लामिछाने र प्रेमबहादुर विश्वकर्मा रहेका छन् ।
गएराति पहिरो आउने बित्तिकै भागेर ज्यान बचाएका उनीहरु नजिकै रहेको छिमेकी गाउँमा गएर रात बिताएका थिए ।

उनीहरुको अवस्था भने निकै दर्दानक बन्दै गएको छ । अहिले नजिकैको चौरमा आफूहरु बसिरहेको बिस्थापित मध्येका एक देवीलाल लामिछानेले हरपल नेपाललाई जानकारी दिए । उनले भने-‘मानवीय क्षति भने केहि पनि भएको तर अन्य भौतिक क्षति धेरै भएको  छैन।’

रिभानमा अहिले तिब्र रुपमा पानी परिरहेकाले बिस्थापितहरु मानवीय संकटमा परेका छन् । पहिरो गएर ११ घर बिस्थापित भएको खबर प्रहरीलाई गरे पनि नजिकको रिभानको खहरेखोला बढेर तर्न नसकेकाले प्रहरी, उद्धारकर्ता र रेडक्रस जस्ता समाजिक संघसंस्थाहरु अझै पुग्न भने सकेको छैनन् ।