एक हप्ताभित्र माग पूरा नभए निर्वाचनमा भाग नलिने राजपाको अल्टिमेटम

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले यथास्थितिमा चुनावमा नजाने निर्णय लिएको छ । राजपाको केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय लिँदै एक साताभित्र संविधान संशोधनलगायत माग पूरा गर्न सरकारसँग आग्रह गरेको हो ।

५र६ दिनभित्र सरकारले यथास्थितिलाई चिर्न सकेन भने हामी आन्दोलनमा जान बाध्य हुनेछौं,’ राजपा महासचिव मनीष सुमनले  भने-‘हामीलाई चुनावमा लैजाने या आन्दोलनमा धकेल्ने हो, बल सरकारकै हातमा छ ।’

चुनावमा जानेरनजाने भन्ने विषयमा पार्टी पदाधिकारी बैठक र केन्द्रीय कार्यसमितिमा व्यापक छलफल भएको थियो । केन्द्रीय कार्यसमिति, जिल्ला अध्यक्ष र जनवर्गीय संगठनका अध्यक्षलगायत १५ सयभन्दा बढीको सहभागितामा राजधानीमा तीन दिनसम्म चलेको केन्द्रीय समिति बैठक मंगलबार सम्पन्न गर्दै राजपाले निर्वाचनबारे पुरानै अडान कायम राख्ने निर्णय लिएको बताइएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।