शुक्रबारबाट शुरुहुने बिम्स्टेक मन्त्रीस्तरीय बैठकको प्रधानमन्त्री देउवाद्धारा उद्घाटन

हेर्नुहोस्, यस्ता छन, बैठकमा छलफलका विषयहरु

काठमाडौँ । एसियाको दक्षिण तथा दक्षिणपूर्वी देशबीचको आर्थिक, कूटनीतिक र सेवा, सम्बन्ध विस्तार गर्नका बनेको क्षेत्रीय सङ्गठन बिम्स्टेकको १५ औं मन्त्रीस्तरीय बैंठक शुक्रबारदेखि काठमाडौंमा सञ्चालन हुने भएको छ ।

प्रधानमन्त्री कार्यालय श्रोतका अनुसार २०औँ बिम्स्टेक सम्मेलनको तयारी, प्रबुद्ध व्यक्ति समूह (ईजीजी) गठन तथा सदस्यराष्ट्रबीच सम्पर्क सञ्जालको स्थापना लगायतका विविध विषयमा छलफलका लागि उक्त बैठक बस्न लागेको हो ।

उक्त बैठकमा बिम्स्टेकमा सम्मीलित सबै एसियाली राष्ट्रका विदेशमन्त्रीहरुको सहभागिता रहने र नेपालका तर्फबाट त्यसको अध्यक्षता उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले गर्ने बताइएको छ ।

बिम्स्टेक बैठकको विषयमा हरपल नेपालसँग कुराकानी गर्दै प्रधानमन्त्री कार्यालयका एम तिवारीले भने–‘बैठकको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तयार भएको छ । त्यसमा बिम्स्टेकको सदस्यराष्ट्रका विदेशमन्त्रीहरूको सहभागिता रहनेछ, भारतिय विदेशमन्त्री सुष्मा स्वराजपनि आउनु हुन्छ ।’

बैठकमा बङ्गलादेश, भुटान, भारत र श्रीलङ्काका परराष्टमन्त्रीका साथै म्यानमार र थाइल्यान्डका उपविदेशमन्त्रीले सहभागिता जनाउने परराष्ट्र मन्त्रालय श्रोतबाट जानकारी आएको छ ।

नेपालले अध्यक्ष राष्ट्रको रुपमा बिम्स्टेकको २० औं सम्मेलन यसै बर्ष काठमडौंमा गर्ने यसअघि नै जानकारी गराइसकेको छ । नेपालले पहिलो पटक आफ्नो अध्यक्षतामा उक्त सम्मेलन गर्न लागेको छ ।

एसियाली देशहरुको विकास, सम्बन्ध विस्तार र सहयोग आदान प्रदान बढाउने उद्देश्यले क्षेत्रीय सङ्गठन बिम्स्टेक सन् १९९७ मा स्थापना गरिएको थियो ।

यस्ता छन, बैठकमा छलफलका विषयहरु

– २०औँ बिम्स्टेक सम्मेलनको लागि तयारी, मिति घोषणा र सम्बन्धीत विषयहरु
– प्रबुद्ध व्यक्ति समूह (ईजीजी) गठन, सम्पर्क सञ्जालको स्थापनाबारे छलफल
– बिम्स्टेक राष्ट्रहरुको आर्थिक, कूटनीतिक विकासको विषयमा छलफल
– सम्बन्ध विस्तार र आपसि हितका विषयहरु
– आजसम्मको समिक्षा र आगामि कार्यक्रमबारे छलफल
– अन्य विविध विषयहरु