आयो यस्तो खुलासा: नेमकिपा ‘अर्ध–भूमिगत’

३ प्रतिशतको (थ्रेसहोल्ड) प्रस्ताव लोकतन्त्रविरोधी

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी अर्धमूमिगत रहेको बताएका छन् ।

पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघ केन्द्रीय समितिको पूर्ण बैठकलाई सम्बोधन गर्दै केन्द्रयि सचिव सुवालले नेमकिपा अर्धभूमिगत भएको बताएका हुन् ।

‘पार्टीले आफ्नो संगठनलाई अर्धभूमिगत राख्ने नीति लिँदै आएको छ, सुवालले भने, ‘त्यसैले नेता तथा कार्यकर्ता प्रचारमुखि नहोऔं ।’

पार्टीले आइतबार २७ औं केन्द्रीय परिषद् सम्पन्न गरेको छ । त्यसपछि भएको किसान संघको केन्द्रीय समिति बैठकमा सचिव सुवालले प्रतिनिधिसभा निर्वाचनमा ३ प्रतिशत र एक जना प्रत्यक्षबाट जित्नुपर्ने तथा प्रदेश निर्वाचनमा डेढ प्रतिशत मतसीमा (थ्रेसहोल्ड) प्रस्ताव लोकतन्त्रविरोधी र प्रतिगामी भएको बताए ।

नेमकिपा भअर्ध मीमिगत हुने भन्ने विषयको समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित रहेको छ ।