स्वाइन फ्लु होइन, ‘कडा रुघाखोकी’

काठमाडौं । अप्रिल २ मा ललितपुर छम्पीकी ५२ वर्षीया महिलाको उपचारक्रममा ज्यान गयो । उनको मृत्यु ुएच१ एन१ पिडिएम ०९ टाइप एु नामको भाइरसका कारण उत्पन्न हुने कडाखाले मौसमी रुघाखोकी (यसलाई स्वाइनफ्लु भन्ने गरिएको छ) बाट भएको थियो । उनी मधुमेहबाट समेत पीडित थिइन् ।

जुलाई २४ मा त्यस्तै प्रकृतिको अर्को घटना भयो । कडाखाले रुघाखोकी लागेपछि ढिलो गरी अस्पताल पुगेका बूढानीलकण्ठका २५ वर्षीय युवकको उपचारक्रममा मृत्यु भयो । मृत्युको पृष्ठभूमि खोज्दै जाँदा अत्यधिक मदिरा सेवन गर्ने गरेको भेटिएक हो ।

पोखराका ७६ वर्षीय एक पुरुषको उपचारक्रममा त्यस्तै रुघाखोकीले ज्यान गएको चिकित्सकले बताएका छन् । उनलाई पनि दमको समस्या पहिल्यै भएको र यो रोग लाग्दा ज्यान बचाउन नसकिएको चिकित्सकको भनाइ छ ।

यो रोग फैलाउन मुख्यतः चार प्रकारका भाइरसमध्ये एच १ एन १ु सबैभन्दा खतरनाक मानिने चिकित्सक बताउँछन् ।
१६ जुलाईमा झापाका ४७ वर्षीय पुरुषको पनि त्यस्तै प्रकृतिको रुघाखोकीबाट भारतमा उपचारक्रममा मृत्यु भएको थियो ।

चिकित्सकले उनलाई पहिले ुलिम्फोमा क्यान्सरु बाट पीडित भएको र रुघाखोकीले मृत्युमा सहयोग पुगेको बताएका छन् ।पछिल्लो तथ्यांकअनुसार यो वर्ष कडा रुघाखोकीबाट १० जनाले ज्यान गुमाइसकेका छन् भने तीन सय ५६ जना बिरामी परेका छन् । पाल्पा, स्याङ्जा, पोखरा, बुटवल र झापामा यो समस्या विकराल बनेको छ ।

स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने काठमाडौं, ललितपुर र पोखराका तीन जनाको मृत्यु यो रोगबाट भएको पुष्टि गरेको छ ।

महाशाखाले बाँकी मृत्युलाई शंकास्पद भनेको छ । महाशाखाका अनुसार त्यसमा थप अनुसन्धान गर्न बाँकी छ ।
सरकारले काठमाडौं टेकुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, बरुण प्रयोगशाला, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय प्रयोगशाला र भरतपुर अस्पतालको प्रयोगशालालाई मात्रै यो रोग जाँच्ने अधिकार दिएको बताएको छ ।

अन्य केही स्थानमा छिटो रोग पत्ता लगाउने प्रविधि (किट) सुविधा भए पनि त्यो भरपर्दो नभएको महाशाखाका डा. शर्माले बताए । मृत्युका घटना निजी अस्पतालबाट पनि आएकाले त्यसबारे थप अनुसन्धान आवश्यक परेको उनको भनाइ छ । ती बिरामी रुघाखोकी लागेको, घाँटी दुखेको र हल्का ज्वरो आइरहेका बेला अस्पताल पुगेका थिए ।यो समाचार आजको अन्नपूर्ण पोष्टमा प्रकापशित छ ।