पोखरामा श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान् गम्भीर घाइते

घटनाको थप अनुसन्धान हुँदै

पोखरा । पोखरा–लेखनाथ महानगरपालिका–८ जाल्पा रोडमा सोमवार बिहान श्रीमतीले खुकुरी प्रहार गर्दा श्रीमान गम्भीर घाइते भएका छन् ।

घाइते श्रीमान रामबहादुर विकले मादक पदार्थ सेवन गरी झगडा गरेपछि श्रीमती गीता विकले रिसको आवेगमा आइ खुकुरी प्रहार गर्दा रामबहादुर गम्भीर घाइते भएका हुन । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको र अवस्था गम्भीर घाइते भएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ ।

खुकुरी प्रहार गर्ने गीतालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । रासस