मनोनयन दर्ता अघि उम्मेदवारी घोषणा गर्ने नेताहरुलाई कार्वाही गर्ने अखिल क्रान्तिकारीको चेतावनी

सम्मेलनको नाममा आर्थिक परिचालन गर्न नपाइने

काठमाडौं । पहिलोपटक निर्वाचनको माध्यमवाट नेतृत्व चुन्न लागेको अखिल (क्रान्तिकारी) मा आसन्न २१ औं राष्ट्रिय सम्मेलनमा मनोनयन दर्ता गर्नु अघि कुनै पनि सदस्यले आफ्नो उम्मेदवारी घोषणा गर्न पाउने छैनन् ।

क्रान्तिकारीको पदाधिकारी वैठकमा प्रस्तुत आचारसंहिताको दफा ३(ख) मा भनिएको छ । उम्मेदवार मनोनयन दर्ता हुनुभन्दा अगाडि कुनै पनि आयोजक वा प्रतिनिधिले आफ्नो उम्मेदवारी रहेको,भएको,हुने दावी गर्दै विभित्र संचारमाध्यम,सामाजिक संजाल,भित्ते लेखन,पोष्टरिङ,फ्लेक्स,सार्वजनिक लविङ् र लविङ् प्रेरित लेखरचनाहरुको प्रकाशन र प्रशारण गर्न पाउने छैनन्।

आचारसंहिता वमोजिम आचारसंहिता लागू हुनु पुर्व यदि कुनै उम्मेदवारले सामाजिक संजाल वा अन्य कुनै माध्यममा राखेको भए त्यसलाई तत्काल हटाउनुपर्ने छ।

आचारसंहिता अनुसार संस्थागत ढंगले वाहेक कुनै उम्मेदवारले सम्मेलनको नाममा कुनै आर्थिक रकम कांहिवाट संकलन वा परिचालन गर्न नपाउने प्रावधान राखिएको छ। आचारसंहितामा अनुसार निर्वाचनको दौरानमा समुहगत (प्यानल वनाएर ) रुपमा लिस्ट वनाई वितरण गर्ने पनि पाइने छैन ।

आचासंहिता उल्लङ्घन गर्नेलाई आयोजक वा प्रतिनिधिवाट निलम्बन गर्ने ब्यवस्था गरिएको अखिल (क्रान्तिकारी) का उपाध्यक्ष तथा सम्मेलन प्रचारप्रसार समितिका प्रमुख सुरेन्द्र बस्नेतले वताए।

आगामी भाद्र ७ देखि ११ गते काठमाडौंमा हुने क्रान्तिकारीको २१ औं राष्ट्रिय सम्मेलनको नेतृत्व चयनका निम्ति पुर्व अध्यक्ष रमेश मल्लको नेतृत्वमा रहेको निर्वाचन समितिले पेश गरेको छ । क्रान्तिकारीको जारी पदाधिकारी वैठकले पारित गरेपछि आचारसंहिता तत्काल लागू हुने वताइएको छ।

निर्वाचन समितिका संयोजक मल्लले क्रान्तिकारी आचरण र संस्कारभित्रै निर्वाचन प्रकृया सम्पन्न गर्न आचारसंहिता ल्याइएको वताए।