ललितपुरमा प्रहरी ‘इन्काउन्टरबाट एक जनाको मृत्यु

लागूऔषध कारोबारमा संलग्न रहेको आरोप

काठमाडौं । ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ । गोली लागि घाइते भएका प्रवीण खत्रीको उपचारको क्रममा मृत्यु भएको हो ।

लागूऔषध कारोबारमा संलग्न रहेका खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो ।

तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएको र प्रहरी टोलीले जवाफी कारबाही गरेको महानगरीय अपराध महाशाखाको प्रहरी जनाएको छ ।