मोरङमा करेन्ट लागेर एक जनाको मृत्यु

आवश्यक अनुसन्धान हुँदै

मोरङ । मोरङमा सिटी सफारीको ब्याट्री चार्ज गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

करेन्ट लाग्दा गम्भीर घाइते भएका ३२ वर्षीय प्रकाश थापाको धरान घोपामा उपचारको क्रममा आइतबार मृत्यु भएको हो ।

थापा सुन्दरहरैचा नगरपालिका–४ बाँसवारी डेरा गरी बस्दै आएका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले हरपल नेपालसँग बताएको छ ।