अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनः ३३ पदाधिकारीसहित २४२ सदस्यीय केन्द्रीय समिति

स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने

काठमाडौं । नेकपा माओवदी केन्द्र निकटको अखिल (क्रान्तिकारी)ले चुनावी प्रकृयाबाट अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष सहित ३३ जनाको पदाधिकारी र २४२ सदस्यीयसहित केन्द्रीय चयन गर्र्ने निर्णय गरेको छ ।

आइतबार पेरिशडाडामा बसेको बैठकले क्रान्तिकारीको भाद्र ७ देखि ११ गतेसम्म काठमाडौंमा हुने राष्ट्रिय सम्मेलनले पहिलोपटक चुनावी प्रकृयाबाट नेतृत्व चयन गर्ने निर्णय गरेको हो ।

यस अघि २५ पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको भएपनि हिजोको बैठकले त्यसलाई परिमार्जन गर्दै चार खुला, चार समावेशी र एक मनोनित गरी नौ जना उपाध्यक्षमा, उपमहासचिवमा खुलाबाट तीन, छात्रा एक र मनोनित एक गरी पाँच जना, सचिवतर्फ सात प्रदेशबाट सातजना, बिश्वबिध्यलायहरु बाट एक जना, महिला,आदीबासी जनजाति, मधेसी दलित र मुस्लिम समेट्ने गरि ६ जना र खुलाबाट दुई जना गरी १६ जना निर्वाचित हुने भएका छन।

क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपानेले सम्मेलनमा स्थानीय निर्वाचनमा निर्वाचित स्थानिय प्रतिनिधिले उम्मेदवारी दिन नपाउने कार्यबिधि बनाइएको हरपल नेपालसँग बताएका छन ।