रसुवामा पहिरोः ४ जना वेपत्ता

उद्धार कार्य जारी

रसुवा । आइतबार राति गएको पहिरोले रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा ११ घरसहित ४ जना पुरिएका छन ।

उक्त पहिरोमा पुरिएर घाइते भएका ४ जनाको उद्धार गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारीले जानकारी दिएका हुन । त्यस मध्य एक जनाको अवस्था गम्भिर भएको उनले बताए ।

सो पहिरोमा परी घाइते हुनेमा ७५ वर्षीय धर्मबहादुर थापामगर, उनकी ३५ वर्षीया बुहारी मुना थापामगर, ४ वर्षीया नाति सविन थापामगर र धर्मबहादरको घरमा काम गर्ने ७८ वर्षीय भक्तबहादुर नगरकोटी रहेका छन् ।

राति ११ बजे आएको पहिरोमा पर्नेहरुको खोजी र उद्धार कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रसुवाले बताएको छ । उक्त पहिरोमा पुरिएकाको स्थानीयवासी र प्रहरीको टोलीले उद्धार गरिरहेको छ ।

यस घटनाबाट मानवीय क्षेती लगाएत धनजनको क्षेती विवरण अझै खुल्नसकेको छैन । प्रहरीको अनुमान अनुसार लाखौको क्षेती भएको छ ।