भेनेजुएलाको हमलामा पूर्व सैनिकदेखि भाडाका सिपाइ संलग्न

कडा कारबाही गर्न राष्ट्रपति मडुरोको निर्देशन

भेनेजुएला । भेनेजुएलाका राष्ट्रपति निकोलास मडुरोले आइतबार भलेन्सिया नगरको सेनाको अखडामा गरिएको आक्रमणपछि पक्राउ गरिएका संदिग्ध व्यक्तिहरुमाथि कडा कारबाही गर्नु पर्ने बताएका छन्।

मडुरोका अनुसार सो आक्रमणमा संलग्न एकजना पूर्व सैनिक अधिकारी हुन भने बाँकी गैरसैनिक थिए। उनले ती गैरसैनिक व्यक्ति भाडाका सिपाही भएको बताए।

आक्रमणमा संलग्न एक व्यक्ति घाइते भएका छन्। दुई जना आक्रमणका बेला मारिएका थिए। हतियारधारी अर्को समूह भने आक्रमण लगत्तै भाग्न सफल भएको थियो।

आक्रमणमा संलग्न भएक संदिग्ध व्यक्तिहरुलाई पक्राउ गरी कराकास ल्याइएको छ। उनीहरुसँग घटनाबारे सोधपुछ भइरहेको छ।

घटनामा संलग्न व्यक्तिहरुको खोजबिन तीव्र बनाइएको बताइएको छ। सामाजिक सञ्जालमा राखिएको एक भिडिओमा पोशाक लगाएका केही पुरुषहरुले हत्यारा शासनविरुद्ध आफूहरुले विद्रोह थालेको बताएका थिए।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)