यसरी एक्लीदै थापाः राणाद्धारा नयाँ पार्टी गठन

राणालाई २० सांसदको समर्थन

काठमाडौं । पूर्व उपप्रधानमन्त्री कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा) फुटेको छ । आइतबार राप्रपाबाट पशुपतिशम्शेर राणासहित २२ सांसद तथा ७२ केन्द्रीय सदस्य छुट्टिएर नयाँ पार्टी गठन गरेका हुन् ।

राणाले आफ्नो नेतृत्वमा आज गठन गरेको नयाँ दल ‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक’ दर्ताका लागि निर्वाचन आयोगमा आवेदन समेत दिएका छन ।

गत मंसिर ६ गते राप्रपाबीच पार्टी एकता घोषणा भएको थियो । राणाको नयाँ पार्टीमा दिपक बोहोरा, विक्रम पाण्डे, सुनील थापा ,रेशम लामा, बबिना मोक्तान, लीला शर्मा, रमेशकुमार लामा, परशुराम तामाङ, राज्यलक्ष्मी श्रेष्ठ , लक्ष्मी थापा पाशमान , राजेश्वरीदेवी साह, रामकुमार सुब्बा, आनन्दी पन्त, इत्तियाकअहमद खान, गीता सिंह, सरद शर्मा , सीता लुइँटेल,लीला श्रेष्ठ र  कमला शर्मा सहित २० सांसद तथा ७२ केन्द्रीय सदस्य रहेका छन् ।

कमल थापा नेतृत्वको राप्रपासँग १७ संसद मात्र हुनेछन् ।