भरतपुर महानगरपालिकाका जनप्रतिनिधिले गरे शपथ ग्रहण

एमालेद्धारा बहिष्कार

चितवन । भरतपुर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले शपथ ग्रहण गरेका छन् । तर, एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले भने आज शपथ ग्रहण गराउने कार्यक्रम बहिष्कार गरेका छन ।

उक्त महानगरपालिकाको मेयर पदमा विजयी माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा विजयी नेपाली काँग्रेसकी पार्वती शाह सहितका जनप्रतिनिधिहरुलाई मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले आज शपथ ग्रहण गराए ।

महानगरका १२ वटा वडा (१, ३, ६, ८, १४, १५, १७, १८, १९, २०, २१ र २७) कांग्रेसले र ३ वटा वडा(१३, २५ र २६) माओवादीले जितेको छ । त्यसैगरी नेकपा एमालेले १४ वटा वडा(२, ४, ५, ७, ९, १०, ११,१२, १६, २२, २३, २४, २८ र २९) जितेको छ ।
एमालेका निर्वाचित जनप्रतिनिधिहरुलाई सोमबार बिहान अलग्गै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ ।