काठमाडौंको जिसस प्रमुखमा एमाले विजयी

काग्रेसका गिरी ८ मतले पराजित

काठमाडौँ । काठमाडौँ जिल्ला समन्वय समिति प्रमुखमा नेकपा (एमाले) का शिवसुन्दरराज वैद्य निर्वाचित भएका छन् ।

आज भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गरेका छन् । यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित भएकी छिन् । उनका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गरेका छन 
सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए। निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार छन । नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ । रासस