हेर्नुहोस् यसरी एक्लीदै छन विप्लवः एकै पटक साढे ४ सय कार्यकर्ताले गरे पार्टी परित्याग

एकिकृत क्रान्तिको कार्यदिशा गलतः इमान्दार कार्यकर्तामाथि घात

भक्तपुर । पहिले आफ्नो पार्टी नेतृत्व र राजनीतिक गुरुहरुबाट एक्लीका नेकपाका महासचिव विप्लव अहिले आफ्नै नेताहरुबाट एक्लीदै गएका छन, त्यो कुरा पछिल्ला घटनाक्रमले पुष्टी गर्दै गएको छ ।

मोहन बैद्य किरण नेतृत्वको तत्कालीन नेकपा माओवादीबाट अलग्गिएर आफ्नै नेतृत्वमा क्रान्ति गर्छु भनेर चर्का चर्का भाषण गर्दै युवाहरुलाई हातलिएका विप्लव पछिल्लो चरणमा आफ्नै पार्टीका इमान्दार नेता, कार्यकर्ताहरुबाट पनि एक्लिदै गएका हुन ।

हिजो अखिल क्रान्तिकारीका सचिव राम बहादुर बिकले पार्टीभित्र चरम चन्दा संकलनको संस्कार बसेको र त्यसलाई पार्टी नेतृत्वले रोक्न नसकको भन्दै राजिनामा दिए ।

त्यसैसँग आज बिहानै एक विज्ञप्ति जारी गर्दै बाँकेका इन्चार्ज अशोक पोख्रेलले पनि एकिकृत जनक्रान्तिको कार्यदिशाले कुनै प्रकारको वर्गिय युद्ध नहुने भन्दै राजिनामा गरेको बताए । त्यसैगरी ठाउँ ठाउँबाट विप्लवको साथ छोड्नेहरुको क्रम भने बढिरहेको छ ।

त्यसैगरी आज बिहान मात्र बिप्लवले नेतृत्व गरेको नेपाल कम्यूनिष्ट पार्टीका ४ सय ५० जना नेता तथा कार्यकर्ताहरुले संयुक्त रुपमा एक कार्यक्रमबीच पार्टी परित्याग गरेको सार्वजनिक गरेका छन् ।

यसरी धेरै नेताकार्यकर्ताद्धारा पार्टी छाड्नुलाई निकै महत्वपूर्ण रुपमा बुझ्नुपर्ने कुरा राजनीतिक विश्लेषकहरुको दाबी रहेको छ । विप्लव पार्टी सञ्चालनमा नेतृत्वमा गर्न असक्षमता भएका हुन वा पार्टी नियन्त्रण भन्दा बाहिर गएको वा खराब आचरणका नेताहरु बाहिरीएका हुन त्यो भने अझै प्रष्ट रुपमा खुल्न सकेको छैन ।

रफत सञ्चार क्लवमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनीहरुले संयुक्त रुपमा पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।

महान जनयुद्धको लक्ष्य विपरित पछिल्लो समय मनोगतबादी चिन्तन, अकर्मण्यताबाद, गोलचक्करबादी कार्यदिशा, अमुर्त दिशाहिन आन्दोलन लगायतका क्रियाकलाप पार्टी भित्र बढ्दै गएको कारण आफूहरुले संयुक्त रुपमा पार्टी परित्याग गरेको अखिल नेपाल क्रान्तिकारी निर्माण मजदुर संघका केन्द्रीय संयोजक युवराज आचार्यले बताए ।

पार्टीले पछिल्लो समयमा आफ्नो उद्देश्यलाई भुलेर जसरी परिवर्तवनको बाटो अंगालेको छ, नेतृत्व पंक्तिले कार्यकर्तामाथि घात गरेकै कारण आफूहरुले पार्टी परित्याग गर्नु परेको उनले बताए ।

आईतबार आचार्य सहित नेपाल कम्युनिष्ट पार्टी इलाका ४ ईञ्चार्ज जोवन तामाङ, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका भक्तपुर जिल्ला अध्यक्ष बिक्रम आचार्य लगायतका जिल्ला तहका ४ सय ५० नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।

यो पनि हेर्नुहोस्ः नेकपाका इन्चार्जदेखि सचिवसम्मले दिए राजिनामाः विप्लवको पार्टीमा चन्दा आतंक बढेको खुलासा