कतार बसेर गाउँमा एम्बुलेन्स संचालनका लागि फेसबुकबाट सात लाख संकलन

समयमै उपचार गर्न नपाएको स्थानीयवासीको गुनासो

पाल्पा । एम्बुलेन्स सञ्चालनका लागि सामाजिक सञ्जाल फेसबुकमार्फत रु सात लाख रकम संकलन भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगी घर भएका हाल वैदेशिक रोजगारको सिलसिलामा कतारमा रहेका ईश्वर काफ्लेले गाउँमा एम्बुलेन्स सेवा सञ्चालनका लागि फेसबुकमार्फत सो रकम संकलन गरेका हुन् ।

गाउँघरमा बिरामी परेका बेला स्वास्थ्य चौकीसम्म उपचारका लागि पुग्न भनेको समयमा गाडी नपाउँदा यहाँका स्थानीयवासीले सास्ती खेप्नु परेको छ । रासस