नेकपाका इन्चार्जदेखि सचिवसम्मले दिए राजिनामाः विप्लवको पार्टीमा चन्दा आतंक बढेको खुलासा

माओवादी आन्दोलनलाई पुनः गठित गर्दै नयाँ पार्टी घोषणा गर्ने तयारी

काठमाडौं । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्जदेखि विद्यार्थी संगठनका केन्द्रीय सचिवसहितको एक समूहले पार्टीबाट राजिनामा दिएको छ ।

विप्लवको नेतृत्व र उठान गरेका विषयहरुमा आफुहरु संगठीत भएर लागेपनि पछिल्लो चरणमा पार्टीभित्र गुटबन्दी, चन्दा आतंक र अर जकता मौलाउँदै गएकाले आफुहरुले त्यहाँबाट सम्बन्ध विच्छेद गर्नु परेको उनीहरुको भनाई रहेको छ ।

विप्लवको नेतृत्वलाई त्यही भित्रैका नेता, कार्यकर्ताहरुले असफल बनाउँदै गएको र पार्टीभित्र बढ्दो अन्तरघातबाट पार्टीका योजना, नीतिहरु लागु गर्न नसकिएकोले आफुहरु त्यहाँबाट बाहिरीएर नयाँ खालको बहस गर्न खोजेको उनीहरुले बताएका छन ।

उनिहरुले नेकपाको एकिकृत क्रान्तिको कार्यदिशानै आफुहरुलाई बेठीक लागेको, त्यसबाट जनताको पक्षमा कुनै काम गर्न नसकिने र एकाघ ब्यक्तिले त्यसैको आडमा चन्दा आतंक सिर्जना गरेर कमाइखाने भाँडो बनाएको भन्दै गम्भिर अरोप लगाएका छ ।

हरपल नेपालको अब के गर्ने ? भन्ने प्रश्नमा उनीहरुले विभिन्न समूह र गुटमा विभाजित भएको माओवादी आन्दोलनलाई पुन गठीत गर्दै जनताको पक्षमा बोल्ने, कमयुनिष्ट पार्टीको निर्माण प्रकृयामा आफुहरु अघि बढ्ने बताएका छन ।

उनीहरुले नेकपाको विभिन्न तह र तप्काबाट नेता, कार्यकर्ताहरु आफनो टिममा आउने तयारी भैरहेको र त्यसको जानकारी छिट्टै सार्वजनिक गर्ने बताएका छन । उनीहरुको निष्कर्ष विप्लवको एकिकृत जनक्रान्तीको कार्यदिशाले युगान्तकारी परिबर्तन, जनयुद्धका उपलब्धीको रक्षा र क्रान्तिका बाँकी अभिभारा पूरा गर्न सक्दैन भन्ने रहेको छ ।

क-कस्ले किन दिए राजिनामा ?

नेकपा बाँकेका इन्र्चाज अशोक पोख्रेल ‘संगम’, अखिल क्रान्तिकारीका केन्द्रीय सचिव राम बहादुर बिक, अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य प्रकाश शाही लगाएत दर्जनबढी केन्द्रीय स्तरका नेताहरुले पार्टीबाट राजिनामा दिएको बताएका छन ।

हरपल नेपाल डटकमसँग कुराकानी गर्दै अशोक पोख्रेलले विप्लवको नेतृत्वबाट कुनै क्रान्ति हुने नदेखेको र त्यहाँ भित्र गलत संस्कार हाबी भएको कारण् आफुले राजिनामा दिनु परेको तर्क गरे । उनले विप्लवको एकिकृत जनक्रानितको कार्यदिशा कुहिँरोमा हराएको काग जस्तै भएको टिप्पणी गर्दै अब माओवादी आन्दोलनलाई नयाँ ढंगले सञ्चालन गर्ने उद्घोष गरेका छन ।

त्यसैगरी अखिल क्रानितकारीको सचिवबाट राजिनामा दिएका राम बहादुर बिकले पार्टीभित्र चन्द संकल गर्नेहरु र नेतालाई पैसा बुझाउनेहरु ठीक अरु सबै बेठीक भन्ने ढंगको संस्कार मौलाएको खलासा गर्दै त्यसका विरुद्धमा आफुहरुले राजिनामा दिएको बताए ।

बिकले नेकपामा कुनै खालको समाज बद्ल्ने राजनीतिक भिजन, कार्यक्रम र योजनाहरु नभएको र पैसा कमाउ धन्दा ब्यापक रुपमा सञ्चालन भएको बताए ।

एकिकृत जनक्रान्तिको कार्यदिशाबाट जनताको अधिकार प्राप्तिको आन्दोलन आफुहरुले सम्भव नदेखेपछि बाहिरिएको उनको भनाई रहेको छ ।

उनले विगठीत माओवादी घटकहरुसँग शसक्त आन्दोलनको पक्षमा वहस, छलफल गर्दै राजनीतिक धु्रबिकरण गरेर नयाँ पार्टी निमार्ण गरेर अघि बढ्ने आफुहरुको तयारी रहको खुलासा गरें ।

को हुन पोख्रेल र बिक ?

तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा बाल्यकालदेखी नै सगठीत भएका बाँकेका युवा नेता अशोक पोख्रेल ‘संगम’ माओवादी शान्तिप्रकृयामा आएपछि राजनीतिक, सैदान्तिक स्खलीत भएको भन्दै मोहनबैद्य किरणको नेतृत्वमा गठन भएको नेकपा माओवादीमा सक्रिय भएका नेतामा गनिन्छन । उनी पछि विप्लवले आफ्नो नेतृत्वमा पार्टि चलाएपछि युवा नेतृत्वको हिसाबले त्यसमा संगठीत भएका थिए ।

पार्टी गठनसँगै उनलाई पहिले अखिल क्रान्तिकारीको अध्यक्षको जिम्मेवारी दिने आश्वसन दिइएको भएपनि पछिभने त्यसो नभएपछि उनले चितवनमा आफ्नो नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरेर पार्टी पाइनभन्दा बाहिरबाट समान्तर संगठन निर्माण गरेका थिए । त्यतिबेला उनको उक्त टिममा राम बहादुर बिक महासचिव बनाइएका थिए भने प्रकाश शाही, कलम बडुलाल, लगाएतका नेताहरु उनीहरुको साथमा थिए ।

पछि पार्टीले आन्तरिक रुपमा उनीहरुलाई मिलाएर पोख्रेललाई बाँकेको इन्चार्ज तथा बिकको नेतृत्वका अरुलाई सचिव र अन्य जिम्मेवारीमा राख्यो तर पनि उनीहरुको बिचमा भावनात्मक मिलाप भने भएको देखिन्दैनथ्यो । राम बहादुर अक्षामको दुर्गम गाउँका स्थानीय हुन । उनी सुरुदेखिनै अखिल क्रान्तिकारीको नेतृत्वमा थिए । उनी महेन्द्र बहुमुखी कयाम्पस नेपालगंजको स्ववियु सभापति समेत जितिसकेका होनहार युवा नेताको रुपमा चिनिन्छन ।

हेर्नुहोस् यस्तो छ उनीहरुले जारी गरेको राजिनामाको विज्ञप्ति

प्रेस नोट

बिभिन्न खाले सामाजिक,सास्कृतिक राजनैतिक विभेद तथा उत्पिडन हरु बाट मुक्त गराइ समुन्नत,बैज्ञानिक समाज को परिकल्पना गरेको महान जनयुध्द मा वीर सहिदहरु,बेपत्ता योध्दाहरु,घाइते अपाङ्गहरु र महान श्रमजिबि जनता को त्याग र बलिदान बाट प्राप्त उपलब्धिको रक्षा गर्ने र क्रान्तिका बाकी अभिभारा पूरा गरि बैज्ञानिक समाजबाद स्थापना गर्न निसर्त एकीकृत जनक्रान्ती मा त्याग गर्ने मेरो सपना र यात्रामा आज पुर्णबिराम लगाउने निर्णय गर्दैछु।बढी जसो मेरो राजनितिक जीवन नेपालको शैक्षिक रुपान्तरण गर्ने यात्रामा बित्यो।स्पस्ट बिचार,त्यसको नेर्तित्व र क्रान्तिकारी पार्टिले निर्माण गर्ने कार्यदिशा मा रहि शैक्षिक आन्दोलनको ससक्त प्रभाब र रुपान्तरण ले राजनितिक आन्दोलनमा सेवा पुर्याउने मेरो निस्वार्थी भाबनामा पार्टी भित्रका विभिन्न खाले गलत चिन्तन, कार्यसैली,नेर्तित्वमा देखिएको पुर्बाग्रही सोच,सामन्ती आडम्बर आदि बाट म सोच्न बाध्य भएकी सायद यस्तो गलत सोच चिन्तन प्रवृत्ति ले ग्रस्त नेर्तित्वको टिमबाट कतै एकीकृत जनक्रान्ती खतरनाक धराप र अर्थ उपार्जन को साधन त बन्दैन? किनकी क्रान्ती भित्र त्याग, समर्पण, हार्दिकता पुर्ण सस्कारको उच्चतम रुप ब्यक्त हुन्छ।त्याग र समर्पण भाब र सस्कार बाट माओबादी आन्दोलन ले छोटै समय मा जनता को मन जित्न र उपलब्धी हासिल गर्न सफल भएको हो। यसमा उत्पिडित बर्ग क्षेत्र समुदाय को पनि महत्वपुर्ण योगदान रहेको कुरालाइ बिर्सन सकिँदैन।माओबादी नेर्तित्वमा सन्चालित महान जनयुध्द लाई यो उचाइ सम्म पुर्याउन र जनताका आवाज लाइ सडकमा सक्तिसाली बनाउन नेपाली बिध्यार्थी को योगदान झन अपुरणिय छ,यसको नेर्तित्व अखिल(क्रान्तिकारी)ले गरेको कुरा कसैले पनि नजर अन्दाज गर्न सक्दैन।तर पछिल्लो चरणमा पार्टी भित्र देखिएको सर्बसत्ताबादि सोच, सामन्ती चिन्तन का कारण सङगठन को स्वत्व र अस्थित्व नै ध्वस्त पार्ने, जनबर्गिय सङ्गठन हरु लाई दास रैती ठान्ने,आफ्नो स्वार्थका लागि आबस्यकता मा प्रयोग गर्ने सजिला साधन ठान्ने जुन प्रवृत्ति हाबी हुँदै गयो यसले पार्टी र सङ्गठन बिघटन हुने कुरा कसैले चाहेर पनि रोक्न नसक्ने निस्चित छ।यस्ता गलत कुरा कुनै हालत मा पनि स्विकार्न सकिँदैन।सङ्गठन को सङरचना कस्तो बनाउने,नेर्तित्व कस्तो बनाउने,संघर्ष कसरी सन्चालन गर्ने यो केन्द्रिय समिती को अधिकार को कुरा हो।यसमा पार्टी को स्विकिर्ती लिनु अनिबार्य पनि हुन्छ । तर सम्बन्धित जनबर्गिय सङ्गठन हरु लाइ जानकारी नै नदिइ छलफल नै नगरी छापामार शैली मा गम्भीर निर्णय गर्नु यो घोर निरङ्कुस, अराजनैतिक र अराजक तरिका भएन र ? यसरी विभिन्न कमिटिका आधारभुत अधिकार लाई कन्डेम गर्ने शैली क्रान्तिका लागि उपयुक्त हुन्छ? के बैज्ञानिक समाज वाद मा यस्तै सोच र शैली हुन्छन ? यस्ता आफ्ना अनुकुलता मा फरफरक ब्याख्या गर्ने तरिका र शैली ले प्रस्टै हुन्छ कि नेर्तित्वले के सोची रहेको छ र के गरि रहेको छ भन्ने कुरा।पार्टी र सङ्गठन रुपान्तरण का लागि 16 बुदे 13 बुदे लिखित र मौखिक रुप मा धेरै पटक ध्यानाकर्षण गराइयो,तर ती बिसय प्रती कहिलै गम्भिरता देखिएन प्राबिधिक ढङ्ग बाट टालटुल गर्न खोजियो,लामो समय सम्म धैर्यता पनि गरियो।तर सुतेको मान्छेलाइ उठाउन सकिन्छ भेस राखेको लाई उठाउन सकिँदैन भन्ने कुरालाई चरितार्थ गर्दै पुर्बाग्रहि मानसिकता लाई सच्याउन सम्भब भएन।तसर्थ अराजनैतिक सैलि,सोच,भ्रस्टमानसिकता ले न क्रान्ती सम्भब छ ,न पार्टी सङ्गठन को भबिस्य नै।यी बिसय मा गम्भीर समीक्षा गर्दै आज कै मिति देखि म सङ्घलघ्न पार्टि र सङ्गठन सङ्ग अलग रहि स्वतन्त्र रहेको जानकारी गराउद छु । बिगत लामो समय देखि सहयात्रा को क्रम मा सहयोग गर्ने आदरणीय र सहयोध्दा मित्र हरु मा विशेष आभार ब्यक्त गर्न चाहन्छु।आगामी दिन मा परिबर्तन, न्यान समानता र स्वतन्त्रता का लागि हुने संघर्ष मा मेरो समर्थन र साथ रहने कुरा पनि यसै प्रेस नोट मार्फत जानकारी गराउन चाहन्छु।

राम बहादुर बिक , सचिब
2074/4/21 केन्द्रिय समिति
अखिल(क्रान्तिकारी)