यस्तो आयो निर्वाचन क्षेत्र निर्धारणमा आयोगको निर्णय

१ सय ६५ क्षेत्र निर्धारण गरिने

काठमाडौं । निर्वाचन क्षेत्र निर्धारण आयोगले दुई जिल्लाका टुक्रिएका भागलाई पनि छुट्टै जिल्लाको रुपमा हेरेर ७७ वटा जिल्ला बनाउने र जनसंख्यालाई प्रमुख आधार मानी निर्वाचन क्षेत्र निर्धारण गर्ने निर्णय गरेको बताएको छ ।

आयोगले रुकुम र नवलपरासीको टुक्रिएको भागलाई पनि छुट्टै जिल्लाका रुपमा हेरेर कुल ७७ जिल्ला मानेर क्षेत्र निर्धारणको काम गर्न राजनीतिक दलहरुबाट सुझाव पाएपछि उक्त निर्णय गरेको हो ।

एउटा जिल्लामा एउटा क्षेत्र नघट्ने गरी जनसंख्यालाई पहिलो प्राथमिकता र भूगोललाई दोस्रो प्राथमिकताको आधारमा अगाडी बढाउने आयोगका प्रवक्ता गणेशराज कार्कीले बताए ।

नेपालको कुल जनसंख्यालाई १ सय ६५ क्षेत्रले भाग गरी आएको जनसंख्या अर्थात् करिब १ लाख ७५ हजार बराबर एक निर्वाचन क्षेत्र हुने बताइएको छ।