अमेरिकाले उत्तर कोरियाविरुद्ध गरेको प्रतिबन्ध प्रस्ताव पारित

कोइला र फलामको निर्यातमा असर

उत्तर कोरिया । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले उत्तर कोरियाविरुद्ध सर्वसम्मत रुपमा नयाँ प्रतिबन्धहरु अनुमोदन गरेको छ । 

ती प्रतिबन्धले प्योङयाङको वार्षिक एक अर्ब डलर भन्दा बढीको कोइला र फलामको निर्यातलाई असर पार्नेछ।

जुलाई महिनामा उत्तर कोरियाले दुई वटा अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण गर्दै अमेरिकी मूलभूमि सम्म प्रहार गर्ने क्षमता हासिल भएको दाबी गरेका थिए।

अहिले सुरक्षा परिषदबाट पारित भएको प्रतिबन्धको प्रस्तावको मस्यौदा अमेरिकाले गरेको  हो । 

राष्ट्रसंघका लागि अमेरिकी राजदूत निक्की हेलीले ती प्रतिबन्धले उत्तर कोरियालाई गम्भीर असर गर्ने भन्दै आफ्ना जनतालाई पीडा दिने उत्तर कोरियाली नेतृत्वले अभावको स्वाद चाख्ने बताइन्।(अन्तराष्ट्रिय संञ्चारमाध्यमबाट)