राजपाद्धारा २ नं प्रदेशको चुनाव बहिष्कार गर्ने निर्णय

सरकार जालसाझिमा व्यस्त रहेको आरोप

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल आफ्नो पुरानो अडानलाई कायम राख्दै माग पुरा नभएसम्म निर्वाचनमा सहभागि नहुने जनाएको छ ।

राजपाको चार दिनसम्म चलेको पदाधिकारीको बैठकले यथास्थितिमा निर्वाचन बहिष्कार गर्ने प्रस्तावसहितको राजनीतिक प्रतिवेदन शनिबार पारित गरेको हो ।

आसन्न निर्वाचन बहिष्कार गर्दै निर्वाचनका गतिविधिहरुमा अवरोध पुर्याउने पुरानो निर्णयलाई नै पदाधिकार बैठकले सदर गरेको छ ।

सरकार अझै जालसाझिमा व्यस्त र संविधान संशोधन लगाएत आफ्ना विभिन्न मागहरुलाई हेरफेर गर्न कछुवा गतिमा हिँडिरहेको हुँदा राजपाले चुनाव बहिष्कार गर्ने निर्णय गरेको बैठकमा सहभागि एक नेताले बताएका छन ।