भरतपुरमा १५६ मतले रेणुको अग्रता

मतगणना कार्य जारी

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले एमाले उम्मेदवार देवी ज्ञवालीविरुद्ध १५६मतान्तरले अघि रहेकी छन् । 

वडा नम्बर २० को मतगणना भइरहेको निर्वाचन आयोगका प्रतिनिधिले जनाएका छन । दाहालले ४२ हजार ९ सय १३ मत पाएकी छन् भने ज्ञवालीले ४२ हजार ७ सय ५७ मत पाएका छन् । अहिलेसम्म वडा नम्बर २० को २ हजार ८ सय मत गणना भएको छ ।