रेणुको अग्रता कायमैः ज्ञावलीलाई ७५ मतले पछि पारिन

केहि समयका लागि मतगणना स्थगित

चितवन । भरतपुर महानगरपालिकाको अहिले सम्मको मतगणना नतिजा अनुसार नेकपा माओवादी केन्द्रबाट मेयर पदको उम्मेदवार रेणु दाहालले नेकपा एमालेका मेयर पदका प्रत्यासी देवी ज्ञावलीलाई ७५ मतान्तरले अघि रहेकी छन ।

महानगरपालिकाको मतगणना कार्य भने केहि समय अघिदेखि रोकिएको छ । मतगणनास्थलमा बसेका एमालेका प्रतिनिधि खाजा खान भनेर बाहिरिएपछि मतगणना रोकिएको निर्वाचन आयोगका प्रतिनिधिले जनाएका छन । उनीहरू फर्किएपछि पुनः गणना सुरु हुने बताइएको छ ।

लामो समयसम्म अग्रता लिएका एमालेका उम्मेदवार देवी ज्ञवाली अहिले ७५मतले पछि परेका छन् । पुनः मतदान गरिएको वडा नम्बर १९ को मतगणनाबाट निरन्तर अग्रता घटाइरहेकी रेणुले २० नम्बर वडाको दुई हजार मत गणनाको क्रममा अग्रता लिएकी छन ।