पोखरा सरसफाईको ६२ औँ श्रृखला सम्पन्नः जन सहभागिता बढ्दै

आगामि हप्ता राजा चौतारामा सरसफाई हुने

पोखरा । पोखरामा जारी बृहत सफाई अभियान आज वडा नम्बर ३१, बेगनासताल क्षेत्रमा ६२ औँ श्रृंखला ब्यापक जन सहभागितामा सम्पन्न भएको आयोजक संस्थाले बताएको छ ।

पोखरामा जारी सरसफाई अभियानमा स्थानीयवासी, संघ संस्था लगायतको सहभागिता बढ्दै गएको नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले हरपल नेपाल डटकमसँग बताए।

अब आउने हप्ता ६३ औं सरसफाई सप्ताह वडा नं ३२ अन्तर्गत राजाको चौतारामा हुने आयोजक समुहले बताइएको छ । सरसफाई अभियानमा सबैलाई सहभागि हुनका लागि समेत आग्रह गरिएको छ ।

उक्त सफार्इ अभियानमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, मुक्तिनाथ विकास बैंक, ओम डेभ्लपमेन्ट बैंक, स्काउट, घारी पाटन आमा समूह, नमूना आमा समुह तल्लो हेम्जा, महिला क्लब पोखरा, अभियान युवा क्लब, लायन्स क्लब अफ लेखनाथ सीमसार, लियो क्लब अफ लेखनाथ, लायन्स क्लब अफ बेगनासताल नगरी, ड्यामसाइड टोल विकास समिति संस्था, महेन्द्रपुल महिला जागरण समुह, अभियान क्लब महिला उप समिति जिरो किमि, लायन्स क्लब अफलेखनाथ, सामुदायिक पहरी केन्द्र लेखनाथ, डायमण्ड मोडेल स्कुल,जुनियर सिटीजन एकेडेमी, अमरसिद्ध मा.बि. स्थानीय आमा समुह, सामाजिक ब्यापारिक संघ संस्था र जनप्रतिनिधि लगाएत वडावासीहरुले ऐक्यबद्धता जनाएका छन ।

सरसफाई कार्यक्रम अन्तर्गत हप्तामा एक घण्टाः राष्टका लागि स्वयंसेवा भन्ने नारासहित सुरुभएको कार्यक्रमले भण्डै १० टन जति प्लाष्टिकजन्य फोहोरमैला संकलन गरेको महिला क्लब पोखराकी अध्यक्ष मीना आचार्यले बताइन । पश्चिम पृतना हेडक्वर्टरका पृतनापति उपरथि देबेन्द्र मेघासीले राष्टि«य गीत बजाएर उक्त सफाई अभियानको शुभारम्भ गरेका हुन ।

उपस्थित सहभागिहरुलाई लायन्स क्लब अफ लेखाथ सीमसारका अध्यक्ष बसुधा पराजुली भट्टराईले सरसफार्इ र राष्टि«य भावनाको शपथ गराइन । कार्यक्रमको शुभारम्भमा पश्चिम पृतना हेडक्वार्टरका नवआगन्तुक पृतनापति उपरथी देबेन्द्रबहादुर मेघासीलाई अभियानका तर्फबाट स्वागत गर्दै सफल कार्यकालका लागि शुभकामना समेत प्रदान गरिएको छ ।

यसअघि समाजसेवी टेकबहादुर, नन्दकुमारी गुरुङ्ग दम्पतिका तर्फबाट अभियानका अगुवा लोकदर्शन कोईरालालाई हाते माइक हस्तान्तरण गरिएको थियो । उपस्थित सहभागिहरुलाई वडा अध्यक्ष कमलबहादुर थापाले धन्यवाद ज्ञापन गरेका थिए ।