बानेश्वरमा सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु

ठक्कर दिने सवारीको खोजि कार्य जारी

काठमाडौँ । काठमाडौँको नयाँ बानेश्वरस्थित रहेको एभरेष्ट होटल नजिकै सवारी साधनले ठक्करे दिदा आज बिहान एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने ठक्कर दिने सवारी साधन अझै नियन्त्रणमा आएको छैन् ।

महानगरीय प्रहरी आयुक्तको कार्यालयका अनुसार मृतकको पहिचान र ठक्कर दिने सवारी साधनका लागि अनुसन्धान तिब्र रुपमा भैरहको बताएको हो ।

मृत्यु हुने अन्दाजी २२ देखि २५ बर्षसम्मको रहेको प्रहरीको अनुमान छ । एक स्थानीयवासीले शव देखेपछि बिहान ५ः३० बजे तिर महानगरिय आयुक्ताको कार्यालयमा खबर गरेको प्रहरीले बतउएको छ ।

प्रहरी श्रोतका अनुसार अहिले मृतकको शव परीक्षणका लागि त्रिवि अस्पताल महाराजगञ्जमा लगिएको छ ।