११ एआइजीको पदस्थापन अन्योलमा

काठमाडौं । हालै बढुवा भएका नेपाल प्रहरीका ११ जना एआइजीले शुक्रबार दज्र्यानी चिह्न लगाएका छन् ।

तर, उनीहरूको पदस्थापन भने अन्योलमा परेको छ । हाल एआइजीका दरबन्दी भएका सातवटा मात्र विभाग तथा कार्यालय छन् ।

तर, ११ जना एआइजी भएकाले उनीहरूलाई कहा“ खटाउने भन्ने अन्योल उत्पन्न भएको छ । गृह मन्त्रालयले प्रहरीलाई संघीय संरचनामा रूपान्तरण गर्ने योजनासहित एआइजीको दरबन्दी ११ बनाएको थियो । तर, संघीय प्रहरीसम्बन्धी ऐन–कानुन बनिनसकेकाले तत्काल उनीहरूको पदस्थापनमा समस्या भएको हो ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, कमलसिंह बम, केशरीराज घिमिरे, माधव जोशी, विजयलाल कायस्थ, मिङमार लामा, रणबहादुर चन्द, विजय भट्ट एआइजीमा बढुवा भएका छन् । यो समाचार आजको नयाँ पत्रिकामा प्रकाशित छ ।