हत्या आरोपी ११ वर्षपछि पक्राउ

घटनाको थप अनुसन्धान हुँदै

बैतडी । हत्या आरोपमा प्रहरीको फरार सूचीमा रहेका एक अभियुक्तलाई दार्चुला प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बझाङको साबिक दहबगर–५ का ४० वर्षीय खण्डे भनिने खड्गबहादुर धामी रहेको जिप्रका दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिएका हुन ।

खण्डेलाई २०६४ भदौ २५ गते राति १२ बजे भाउजू नाता पर्ने कन्थरी धामीको हत्या गरी फरार रहेको अभियोग लगाइएको छ ।

खण्डे भारतमा रहेको भनी बझाङ प्रहरीले एक महिना अगाडि दार्चुला प्रहरीलाई खबर गरेको थियो । दार्चुला प्रहरीले शुक्रबार भारतीय प्रहरी समन्वयमा भारतको पिथौरागढ जिल्लाको मुन्सियारीबाट पक्राउ गरेको प्रनाउ खनालले जानकारी दिएका छन ।

लुकेर रहेका खण्डेलाई दार्चुला प्रहरीले भारतको मुन्सियारीमा लुकेर बसेको भन्ने विशेष सुराकीका आधारमा पक्राउ गरेको हो ।घटनाको थप अनुसन्धान भैरहेको प्रहरी श्रोतले जनाएको छ । रासस