अमेरिका पेरिस सम्झौताबाट अलग हुन्छः राष्ट्रपति ट्रम्प

खर्बौ डलरको नोक्सानी हुने संकेत

अमेरिका । राष्ट्रपति ट्रम्पले पेरिस सम्झौताले अमेरिकालाई खर्बौ डलरको नोक्सानी हुने, रोजगारी गुम्ने र देशभित्रका उर्जा तथा उत्पादनसम्बन्धी उद्योगहरुमा क्षति पुग्ने भएकाले यसबाट अलग हुने जनाएका छन ।

राष्ट्रपति ट्रम्पले गएको जुनमा गरेको निर्णय कार्यन्वयन गर्न लागिएको वासिङटनले राष्ट्रसंघलाई जानकारी दिएको हो।

ह्वाइट हाउसले संयुक्त राष्ट्रसंघलाई आफू जलवायु परिवर्तन सम्बन्धी पेरिस सम्झौताबाट अलग हुने जानकारी दिएको छ।

तर अमेरिकी विदेश मन्त्रालयले बहिर्गमन प्रकिया पुरा नहुन्जेलसम्म अमेरिका जलवायु परिवर्तन सम्बन्धी बैठकहरुमा सहभागी हुने बताएको छ।

हरितगृह ग्यास उत्सर्जन कटौती गर्ने लक्ष्य सहित २०० वटा देशले हस्ताक्षर गरेको पेरिस सम्झौताले अमेरिकालाई घाटा पुर्याउने सन्देश राष्ट्रसंघलाई पठाइएको पत्रमा उल्लेख छ।

उक्त सूचनामा ट्रम्प प्रशासनले प्यारिस सम्झौताबारे परिमार्जनका लागि वार्ताहरु गर्न आफू खुला रहेको जनाएको छ।(अन्तराष्ट्रिय सञ्चारमाध्यमबाट)